१. मानव विकास प्रतिवेदन, २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
१४५ औँ
– संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) ले सन् २०२५ जुन १० मा सार्वजनिक गरेको सो प्रतिवेदन अनुसार नेपाल ०.६२२ सूचकाङ्कसहित १४५ औँ स्थानमा रहेको ।
– पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख रहेको ।
– मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा रहेको ।
२. अन्तर्राष्ट्रिय स्तरको ‘आइरिस’ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो मेनपावर कम्पनी कुन हो ?
आइएमआर (इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट)
– वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको
भन्दै आइएमआरलाई अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस) को प्रमाणपत्र प्रदान (२०८२ जेठ २६) गरिएको ।
– आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउने ५ वटा (नेपाल, सिङ्गापुर, पोल्यान्ड, केन्या, मेक्सिकोका एक–एक) मात्रै मेनपावर कम्पनी रहेका ।
३. इजरायल र इरानबिच युद्धको सुरुवात कहिले भएको हो ?
सन् २०२५ जुन १३
– जुन १३ मा इजरायलले इरानका आणविक केन्द्र र शीर्ष सैन्य अधिकारी लक्षित गर्दै अचानक आक्रमण सुरु गरेपछि दुई देशबिच लडाइँ सुरु भएको ।
– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले इजरायलले आक्रमण जारी राखे आफ्ना आक्रमण थप बढाउने चेतावनी दिएको ।
४. विसं २०८२ असार १ मा सात वटै प्रदेशद्वारा आव २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो ?
रु. दुई खर्ब ८७ अर्ब ७० करोड
सातै प्रदेशको बजेट (२०८२/८३) : सङ्क्षिप्त झलक
बागमती प्रदेश :
– कुल बजेट : रु. ६७ अर्ब ४७ करोड ७३ लाख
– चालुतर्फ : रु. २६ अर्ब चार करोड ४७ लाख (३८.६०५)
– पुँजीगत तर्फ : रु. ४१ अर्ब ४३ करोड २६ लाख (६१.४०५)
कोशी
– कुल बजेट : ३५ अर्र्ब ८७ करोड ९९ लाख
– चालु : १८ अर्ब ६७ करोड ३३ लाख (५२.०४ प्रतिशत)
– पुँजीगततर्फ : १७ अर्व १० करोड ६५ लाख (४७.६८ प्रतिशत)
– वित्तीय व्यवस्थातर्फ : रु. १० करोड (०.२८ प्रतिशत)
मधेश
– कुल बजेट : ४६ अर्ब ९८ करोड ३३ लाख
– चालुतर्फ : १६ अर्ब ७२ करोड पाँच लाख (३५.५९ प्रतिशत)
– पुँजीगततर्फ : ३० अर्ब २६ करोड २८ लाख (६४.४१ प्रतिशत)
गण्डकी
– कुल बजेट : रु. ३१ अर्ब ९७ करोड ९९ लाख
– चालुतर्फ : रु. १२ अर्व ६३ करोड ६६ लाख (३९.५२ प्रतिशत)
– पुँजीगततर्फ : रु. १९ अर्ब नौ करोड ३३ लाख (५९.७१ प्रतिशत)
– वित्तीय व्यवस्थातर्फ : रु. २५ करोड (०.७८ प्रतिशत)
लुम्बिनी
– कुल बजेट : रु. ३८ अर्ब ९१ करोड
– चालुतर्फ : रु. १२ अर्ब एक करोड ४७ लाख (३०.८८ प्रतिशत)
– पुँजीगततर्फ : रु. २३ अर्ब ४७ करोड १४ लाख (६०.३२ प्रतिशत)
– वित्तीय व्यवस्थातर्फ : रु. तीन अर्ब ४२ करोड ३७ लाख
(८.८०प्रतिशत)
कर्णाली
– कुल बजेट : रु. ३२ अर्ब ९९ करोड ६६ लाख
– चालुतर्फ : रु. सात अर्ब ७९ करोड ९१ लाख (२३.६३ प्रतिशत)
– पुँजीगततर्फ : रु. १९ अर्ब ९८ करोड २९ लाख (६०.५६ प्रतिशत)
– वित्तीय व्यवस्थातर्फ : रु. ६१ करोड ५० लाख (१.८६ प्रतिशत)
वित्तीय हस्तान्तरण : रु. चार अर्ब ५९ करोड ९८ लाख (१३.९४ प्रतिशत)
सुदूरपश्चिम
–कुल बजेट : रु. ३३ अर्ब ४७ करोड ६० लाख
–चालुतर्फ : रु. १० अर्ब २० करोड ८१ लाख (३०.४९ प्रतिशत)
–पुँजीगततर्फ : १९ अर्ब ८३ करोड दुई लाख (५९.२४ प्रतिशत)
–वित्तीय व्यवस्थातर्फ : रु. एक करोड (०.०३ प्रतिशत)
–वित्तीय हस्तान्तरण : रु. तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत)
५. हालै (विसं २०८२ जेठ) आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल विद्यालय कुन हो ?
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (धादिङ)
– आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने सो विद्यालय नेपालको दोस्रो सामुदायिक विद्यालय बनेको ।
६. भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
२७० मेगावाट
– जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिका बिच रहेको भेरी नदीमा सो जलविद्युत् आयोजना निर्माण हुने भएको ।
– निर्माण सम्पन्न अवधि : पाँच वर्ष ।
– लागत अनुमान : रु. ४६ अर्ब
– उक्त आयोजना स्थलमा पुग्न मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने जनाइएको ।
– नदीमा तीन वटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने भएको ।
७. नेपाल राष्ट्र बैङ्कले विसं २०८२ जेठ २७ मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत वैशाखमा मुद्रास्फीति कतिमा झरेको छ ?
२.७७ प्रतिशत
– आर्थिक गतिविधि शिथिल हुँदा उपभोक्ता मूल्य वृद्धिदर पाँच वर्ष पछि कै न्यून विन्दुमा झरेको ।
– राष्ट्र बैङ्कका अनुसार २०७७ माघमा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशतमा झरेको थियो । कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा बजारमा वस्तु तथा सेवाको माग घटेपछि मुद्रास्फीति न्यून विन्दुमा झरेको थियो ।
८. आमाको नामबाट मात्र पनि नागरिकता दिइने विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट कहिले पारित भएको हो ?
विसं २०८२ जेठ २७
९. धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?
डा. सजना धिमाल
– धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल डा. सजनालाई सो पुरस्कारबाट सम्मान गरिएको ।
– हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा सो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको ।
१०. राष्ट्र बैङ्कले २०८२ जेठ २७ मा सार्वजनिक प्रतिवेदन अनुसार गत वैशाखमा मात्र नेपालमा कति विप्रेषण भित्रिएको छ ?
रु. एक खर्ब ६५ अर्ब ३० करोड
– मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो ।
आव २०८१/८२ को १० महिनाको अवस्था
शोधनान्तर बचत : रु. चार खर्ब ३८ अर्ब
विप्रेषण : रु. १३ खर्ब ५६ अर्ब
कुल विदेशी मुद्रा सञ्चिति : रु. २५ खर्ब १२ अर्ब
११. विश्वको पहिलो वैदिक घडी कुन हो ?
विक्रामादित्य वैदिक घडी
– भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको ।
– समय गणना मान ३० घण्टा एक दिन एवं १ घण्टा ४८ मिनेट रहेको ।
– यस घडीको उद्घाटन सन् २०२४ फेब्रुअरी २९ मा भारतीय प्रम नरेन्द्र मोदीद्वारा गरिएको ।
१२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?
सलिना (तेजसराज जोशी निर्देशित)
१३. नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?
चन्द्र बहादुर थापा
१४. अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?
नेपाल अधिराज्यको संविधान, २०१५
१५. धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ?
अशोक विनायक
१६. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०७४ मङ्सिर १
१७. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
सन् २०२१ जनवरी २२
१८. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?
सन् १९७५
१९. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?
विसं २००८ असार १
– ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोकसेवा आयोगको विधिवत् स्थापना भएको ।
२०. उपप्रधानमन्त्रीले को समक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?
राष्ट्रपति
प्रस्तुतकर्ता : टङ्क केसी