• ६ जेठ २०८१, आइतबार

धार्चेका चित्र कोर्दै कलाकार

blog

काठमाडौँ, वैशाख २५ गते । पर्यटन विकासको उद्देश्यसहित गोरखाको धार्चेमा आयोजित पाँचदिने (माघ २२–२६) चित्र कार्यशालामा प्राकृतिक सौन्दर्य र सम्पदालाई क्यानभासमा उतारिएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले कलाकारलाई रङ र क्यानभास दिएर ‘धार्चे चित्रकला कार्यशाला’ सुरु गरिएको थियो । ‘सुन्दर संरक्षित, समृद्ध धार्चे’ कला कार्यशालामा २० भन्दा बढी कलाकारको सहभागिता रहेको छ । 

धार्चे गाउँपालिका अध्यक्ष गुरुङले पालिकाको ऐतिहासिक, मौलिक, रैथाने संस्कृतिलाई कलाकारले क्यानभासमा उजागर गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यशालामा प्रदीप अधिकारी, मन गुरुङ, केशवराज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजू, दीपेन्द्रमान बनेपाली, डिबी राई, लीलाधर केसी, बिके नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रीतम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ, सारा तुनिंचं कोइंच्, (दुर्गा सुनुवार), कोपिला राई, विकास गुरुङलगायत कलाकारको सहभागिता रहेको छ ।