चार जनालाई ‘नइ पुरस्कार’
नइ प्रकाशनले चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
लोक सांस्कृतिक मेलामा एघार देशका कलाकार
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ । लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।
चलचित्र जाँचपास (सेन्सर) को विषयमा छलफल
केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीले असहमति जनाइरहेका छन् ।
‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा मञ्चन
नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ । २५ औँ भारत रङ्ग महोत्सवमा नाटक मञ्चन गरिएको हो । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तराखण्डको रामनगर (नैनीताल) मा मञ्चन गरिएको हो । नयाँ दिल्लीको एलटिजी अडिटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडिटोरियममा फेब्रुअरी १९ मा नाटक मञ्चन गरिएको हो । नाटकको मुख्य स्रोत रामायण हो ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुख्य आयोजनामा कला कार्यशाला तथा प्रदर्शनी सुरु भएको हो। प्रतिष्ठानमा सुरु भएको प्रदर्शनीमा जर्मनका सात र नेपालको २६ जना कलाकारले बनाएको ४२ कला प्रदर्शनीमा राखिएको छ।
बैरागीका रचना पुस्तकमा
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ) को अभिनन्दन गरिएको छ । पाँचथर स्रष्टा मञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्य भण्डारलाई सम्पन्न बनाउन सर्जक काइँलाको ठुलो योगदान रहेको बताउनुभयो । सो अवसरमा कवि बैरागी काइँलाले साहित्यमा कलम चलाउन थालेको सुरुका दिनमा छापिएका सिर्जना सङ्कलन गरी तयार पारिएको ‘बैरागी काइँलाका प्रारम्भिक रचनाहरू’ पुस्तक लोकार्पणसमेत गरिएको थियो ।
नौ जनालाई ‘नइ पुरस्कार’
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
चित्रकला प्रदर्शनी
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सङ्गठनको भेलासहित आयोजित पाँच दिने विश्व सामाजिक मञ्च समारोहमा हिंसाविरुद्धको सन्देश दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । गैरसरकारी संस्था महासङ्घको नेतृत्वमा भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्च समारोहमा महिला, बालबालिकामाथि हुने घरेलु, सामाजिक हिंसाविरुद्धको सचेतनात्मक चित्रकलाको प्रदर्शनी र कला कार्यशालाको आयोजना गरिएको हो । कलाकार रेणु घिमिरेले फ्रिडम स्टुडियो बानेश्वरले यस चित्रकला प्रदर्शनीमा चित्र बनाउने इच्छा भएका दर्शक, सहभागी र कलाकारले समेत चित्र बनाएर हिंसाको अन्त्यका लागि सन्देश दिएको बताउनुभयो ।
‘कला–संस्कृतिको संरक्षण कम प्राथमिकतामा’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले राज्यले कला र संस्कृतिको संरक्षण र विकासलाई प्राथमिकतामा राख्न नसकेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एक वर्र्षे प्राज्ञिक जिम्मेवारी फर्केर हेर्दा कार्यक्रममा उहाँले अन्य क्षेत्रका तुलनामा कला, साहित्य क्षेत्रलाई कम प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले कला, साहित्यको उन्नयनका लागि कम बजेट छुट्याएको जिकिर गर्दै समानुपातिक, समावेशी ढङ्गबाट राज्यका हर क्षेत्रमा बजेटको बाँडफाँट हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि सबै सरोकारवाला निकायले सम्बन्धित क्षेत्रमा गई ढोका ढकढकाउनुपर्ने विचार राख्नुभयो ।
‘बजेट अभावले काम गर्न सकिएन’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बजेट अभावका कारण प्रतिष्ठानले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एकवर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा उहाँले बजेट अभावले गर्दा सिर्जनात्मक र रचनात्मक काम गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षको अवस्थालाई हेरेर आगामी वर्षका लागि १८ करोडभन्दा बढीको कार्ययोजना पेस गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा–प्रतिष्ठानलाई चलायमान बनाउन सकिने उहाँको भनाइ छ ।
‘कलाका अन्तर्मन’ सार्वजनिक
कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ।
कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित ‘मिलन’ सार्वजनिक
कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा प्रकाशित ‘मिलन’ पुस्तक सार्वजनिक (बिमोचन) गरिएको छ। केन्द्रको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको अवसरमा ‘मिलन’ सार्वजनिक गरिएको हो।
जगत्रदेवी साहित्य सम्मान डुम्रेलाई
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।
लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
खानामार्फत नेपाल चिनाउने पुस्तक
हिमालदेखि तराईका विविध जातिका खाद्य परिकारको कलालाई समेट्दै रोहिणी राणाले नयाँ पुस्तक ल्याउनुभएको छ । नेपालको जातीय पहिचान र जातीय सद्भावलाई खानाको माध्यमबाट विश्व समुदायसम्म पु¥याउने पुस्तक ‘दी नेपाल कुक बुक’ शुक्रबार सार्वजनिक गरियो । नेपाली खानाबारेको राणाको यो दोस्रो पुस्तक हो । अघिल्लो पुस्तक उहाँले दरबारिया खानाको परिचय दिने ‘दी राणा कुक बुक’ प्रकाशित छ । शुक्रबार सार्वजनिक गरिएको पुस्तक भने जनजिब्रोको स्वादको प्रस्तुति हो । ‘दी नेपाल कुक बुक’ मा विभिन्न जातिगत समुदायका १०८ स्वादिला परिकारको पाककलाका संयोजन रहेको छ । त्यसलाई सम्बन्धित समुदायकै विशेषता झल्किने वेशभूषा र गरगहनाका चित्रले आकर्षक बनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति गौरवशमशेर राणा, अग्रणी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ,
रोहिणी राणाको ‘द नेपाल कुक बुक’ सार्वजनिक
लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ।
सापकोटा र राईलाई पुरस्कार
नइ प्रकाशनले २०७९ सालको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्राज्ञ भारत आसामका नव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । यसै गरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषा साहित्यको भारत दार्जिलिङका स्नेहलता राईलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
नेपाल लिटरेचर फेस्टिभल सुरु
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै स्थानमा जुटाएको छ । फेवातालको किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको बताउनुभयो । उहाँले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका रूपमा विकास गर्न थप टेवा पु¥याएको उल्लेख गर्नुभयो ।
उत्पीडनको चित्र ‘मासिन्या’
नेपाल जातीय, भाषिक तथा सांस्कृतिक विविधता मुलुक भएकाले विभिन्न समुदायका आआफ्नै कला, संस्कृति, मूल्यमान्यता र जीवनशैली छन् । जीवनयापनका क्रममा सबै जातजाति तथा समुदायका सामाजिक सङ्घर्ष र पीडाको आफ्नै कथा पनि छन् । तीमध्ये तामाङ समुदायले भोगेका पीडा र गरेका सङ्घर्षको कथा मासिन्या नाटकमा समेट्न खोजिएको छ । कवि राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले विगत केही समयदेखि आआफ्नो समुदायले भोगेका अन्याय, पीडा र अपमानलाई कवितामार्फत प्रस्तुत गर्दै आउनुभएको थियो । यस पटक भने उहाँहरूले ‘मासिन्या’ नाटकमार्फत आफ्नो समुदायको कथा सुनाउने जमर्काे गर्नुभयो । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ मा तामाङ समुदायको जीवन, संस्कृति, भाषा र शक्तिका कारण उनीहरूले भोगेका उत्पीडनका व्यथा समेट्न खोजिएको छ । नाटकको शीर्षकले राणाकालीन सामाजिक विभेदलाई स्पष्ट झल्काएको छ ।
नेपाल लिटरेचर फेस्टिभल आजदेखि पोखरामा
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । यतिखेर पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीहरूलाई एकै स्थानमा जुटाएको छ ।
संगीतका साधकलाई नागरिक अभिनन्दन
“अग्रजलाई सम्मान, नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मूल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गर्नुभएका उहाँलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो ।
वराहक्षेत्रमा कविहरूको जमघट हुने
सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
आरोग्यताका लागि मुद्रा–प्राणायाम
हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन् बढेको बताउनुभएको छ । बुधबार राजधानीमा ‘आरोग्यताका लागि मुद्रा–प्राणायाम’ पुस्तक विमोचन गर्दै उहाँले नेपाल वेद, रामायण, त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारको निराशालाई चिर्न पनि योग र ध्यान आवश्यक रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।