• २९ वैशाख २०८१, शनिबार

स्वर्णिम साहित्य पुरस्कारबाट दुई जना सम्मानित

blog

साहित्य सिर्जनाको विकासमा योगदान पुर्‍याउने दुई जना सम्मानित । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, वैशाख १६ गते । स्वर्णिम साहित्य समाजले आफ्नो स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा रहेर नेपाली साहित्य सिर्जनामा समर्पित र साहित्य सिर्जनाको विकासमा योगदान पुर्‍याउने दुई जना व्यक्तिहरुलाई स्वर्णिम साहित्य पुरस्कार २०८१ बाट सम्मान गरेको छ ।  

सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ बाट  दुई जनालाई सम्मान गरिएको हो । स्वर्णिम साहित्य समाजले लेखक तथा हस्तकलाकार र साहित्य क्षेत्रमा योगदान पु र्‍याउने व्यक्तिलाई पुरस्कार र सम्मान गरेको छ । 

साहित्य पुरस्कार र सम्मानबाट पुरस्कृत हुनेहरुमा वराहक्षेत्र ३ निवासी लेखक तथा हस्तकलाकार रामकुमार तिवारी र सम्मानबाट पुरस्कृत हुने वराहक्षेत्र ३ कै रुद्रबहादुर दाहाल रहनुभएको छ । उहाँहरुले स्वर्णिम साहित्य पुरस्कार कोषबाट ५० हजार एक सय एकाउन्न रुपियाँ राशीकोे साहित्य पुरस्कार र ११ हजार एक रुपियाँ राशीको सम्मान पाउनुभएको हो । 

पुरस्कृत द्वयलाई नगद, दाेसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । स्वर्णिम साहित्य पुरस्कार, सम्मान समितिले वराहक्षेत्र वडा नम्बर ३ को टेकाने रोष्ट सेन्टरको सभाहलमा कार्यक्रम गरी सम्मान तथा पुरस्कार समारोह सम्पन्न गरेको छ । 

स्वर्णिम साहित्य समाजको कोषमा सात लाख रुपियाँ सहयोग सङ्कलन भएको र उक्त कोषको ब्याजबाट पुरस्कार वितरण गर्न सुरु गरिएको स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनराज शेर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वराहक्षेत्रका १२ जना सर्जले आफ्ना सिर्जना वाचन गरेका थिए ।