• ३० वैशाख २०८१, आइतबार

फेसन फेस्टिभल हुँदै

blog

काठमाडौँ, वैशाख १६ गते । फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ । देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो ।

कलाकार प्रशान्त ताम्राकारका अनुसार जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ । युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ । नेपाली डिजाइनर, स्वदेशी वस्तु, स्वदेशी ब्रान्ड आदिको बजार व्यवस्थापन र बजार र विक्रेताबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको जनाइएको छ । फेस्टिभलमा प्रदर्शनीसहित ६० वटा स्टल रहने जनाइएको छ ।