गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ४ गते । एभरेस्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतिमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसइई सुपर मोडल २०२५’ को उपाधि श्याम झा र दिव्या थापाले जित्नुभएको छ ।
प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र समृद्धि सिलवाल क्रमशः दोस्रो, स्पर्श तण्डुकार र भेनस राई तेस्रो, छिरिङ लामा र प्रनिशा खड्का चौथो, भिजन तामाङ र मुस्कान थापा पाँचौँ हुनुभयो ।
त्यस्तै अभिव मल्ल र आरियाना खड्का ‘फेस अफ एसइई सुपर मोडल, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतीक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ घोषित हुनुभयो ।