• १७ असार २०८१, सोमबार

गायक जुजुकाजी रञ्जितको एकल साँझ (फोटो फिचर)

blog

सांगितीक प्रस्तुति दिनुहुँदै जुजुकाजी रंजित । तस्बिर : मनोज रत्न शाही

काठमाडौं, वैशाख १९ गते । नेपाल भाषाको पाक्षिक पत्रिका ‘पेज ३’ को ४०० अंक प्रकाशित भएको अवसरमा गायक जुजुकाजी रञ्जित लाइभ कन्सर्टमा  लागि मंगलबार राति दक्षिणकाली नगरपालिकास्थित छैमली रिसोर्टमा सांगीतिक प्रेमीको भीड लागेको थियो ।

कार्यक्रमको सुरुवातमा गायक रञ्जितले क्लासिक हिट ‘बाँला मय्जु बाँला’ बाट सुरुभएको कार्यक्रममा उहाँले दुई घण्टा ३० मिनेट अविरल प्रस्तुति दिनुभएको थियो ।

छ दशक लामो करियरमा उहाँले देशकै पहिलो आदिवासी चलचित्र ‘सिलु’मा समावेश भएका सम्पूर्ण गीतमा आफ्नो स्वर दिएर संगीत क्षेत्रमा अमिट छाप छोडिसक्नुभएको छ ।  संगीत क्षेत्रमा  पुर्‍याएको याेगदानकाे कदर गर्दै उहाँ धेरै अवार्डबाट सम्मान गरिएको छ । 

कार्यक्रममा सहभागी बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य  ‘प्रादेशिक राजभाषा ऐन–२०२३’ कार्यान्वयनका लागि आफूहरू लागिरहेको र ऐनले दुईवटा आदिवासीका भाषा अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

त्यसैगरी दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गायक रञ्जितको प्रशंसा गर्दै नेवा संस्कृति राष्ट्रको मुटु भएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्ने बताउनुभयो। नेपाल भाषा सङ्गीत उद्योगमा रञ्जितको अतुलनीय योगदानको कदर गर्दै उहाँले त्यस्ता प्रयासलाई प्रशंसा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

अक्टोबर २, १९५५ मा बुवा रत्नमान रन्जित र आमा चन्द्रकुमारी रञ्जितको कोखबाट जन्मनुभएका गायक रञ्जितले १० वर्षको उमेरमा वि.सं. २०२२ मा भाषा आन्दोलनमा भाग लिएर सन्देश फैलाउने काम गर्नुभएको थियो । कार्यक्रममा गायक जुजुकाजी रञ्जितलाई गायिका रत्न शोभा महर्जन र ७ वन्डर्स ब्याण्ड साथ दिएका थिए ।





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।