मूर्धन्य चित्रकार रामानन्द जोशी नेपाली आधुनिक कलाको शुभारम्भ कालका एउटा बलियो खाम्बा थिए । नेपालीपनको पर्यावाचीका रूपमा देखा परेका उनका चित्रहरूमा अपनत्वको बोध यथेष्ट रूपमा भएको आभाष हुन्थ्यो । पश्चिमी अङ्कन पद्धति भए पनि नेपाली स्वभाव, विशेषता र लक्षणहरू देखिनाले पनि यी कलाहरू हाम्रै आफ्नै जस्ता देखिन्थे ।
हुन त त्यतिबेला सन् ६० को दशकतिर स्पष्ट रूपमा देखा परेका सबैजसो कलाकारहरूले पश्चिमी कलालाई अवलम्बन गरेका थिए । अनि नेपाली कलासँग फ्युजन गरी आआफ्ना कलाका अलग अलग शैलीलाई आआफ्नो पहिचान बनाएका थिए । यस बेला सामाजिक यथार्थवाददेखि, अभिव्यञ्जना, अर्मूतता अनि प्रभाववादी कलाले एकै पल्ट जसो नेपाली कलामा प्रवेश गरेका थिए । यसैमा पनि सर्वथा नयाँ र आफ्नैपन बनाउने सन्दर्भमा रामानन्द जोशीले चाहिँ आधुनिक कलामा नेपालीपन, नेपालित्वका प्रतिकात्मक विम्बहरू सँगालेर आधुनिककलाको नँया धारलाई स्थापत गर्नमा सदैव व्यस्त रहेका देखिन्थे । यो उनको निजी स्वभावले गर्दा उनका समकालीन कलाकारभन्दा उनी पृथक् देखिन्थे ।
नेपाली समसामयिक कलाका चार मोड
मूलतः नेपाली समसामयिक कलाको इतिहासमा स्पष्ट देखिने गरी चार वटा मोडहरू देखा परेका छन् । यो सन् ६० को उत्तरकालमा देखा परेको आधुनिक कलाको मोड भनेको चाहिँ तेस्रो कलाको मोड हो । यसबेला पश्चिममा (विशेष गरेर युरोपमा ) आधुनिक कलाका प्रचलनमा देखिएका अधिकांश कला शैलीलाई नेपालमा विधिवत् अवलम्बन गर्दा नेपालमा पनि आधुनिक कलाका नवीन प्रवृत्ति भित्रिएका हुन् । ग्लोबल कल्चरको हिसाबमा युरोपको यो कलाप्रवृत्ति विश्वका सबैजसो राष्ट्रमा यसै गरी प्रवेश भएका हुन् । धेरैजसो राष्ट्रले यो प्रवृत्तिलाई प्रविधिका रूपमा अङ्गीकार गरी आआफ्नै अलग अलग कलाशैलीको विकास गरी अलग अलग पहिचान बनाएका हुन् । हामीले चाहिँ यस्तै प्रकारले आफ्नो कलागत प्रवृत्तिलाई के कस्तो, के कत्ति बनाउन सक्यौँ, सकेनौँ यो चाहिँ अझै पनि खोजकै विषय बन्न गएको छ । तापनि यो कलागत शैलीले आजको दिनसम्म पनि निरन्तरता भने पाउँदै आएको छ । अनि अहिलेका अधिकांश नेपाली आधुनिक कलाकारहरू यसैलाई आधार विन्दु मानेर कलाको सिर्जना गर्दै छन् । यही पश्चिमी कलागत प्रवृत्तिलाई विषयमा, हाम्रो आफ्नै संस्कार संस्कृतिका आन्तरिक तìवहरूलाई श्रद्धा– भावका साथ घुलमिल बनाउँदै आफ्नो मौलिक कला प्रवृत्तिका लागि लागिपरेको सजग, सबल कलाकारका रूपमा स्वर्गीय रामानन्द जोशीलाई मान्ने गरिन्छ ।
यसअघि दोस्रो मोडका रूप सन् १९३० ताका देखा प¥योे । यो बेला पश्चिमी दर्शन र सिद्धान्तकै आधारमा खुलेका कलकत्ताको कला स्कुलमा नेपालबाट पहिलो पल्ट चन्द्रमान सिंह मास्के अनि तेजबहादुर चित्रकार कलामा विधिवत् शिक्षा लिन कलकत्ता पुगेका थिए । यी दुवै नै पश्चिमी कलामा विधिवत शिक्षा हासिल गर्ने पहिला कलाकारहरू पनि हुन् । दुवैलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कला पढ्न पठाएका हुन् । नेपाल फर्केपछि यही पश्चिमी कलाको पाठ्यव्रmमलाई, विधि, माध्याम र पश्चिमी कला अङ्कन पद्धति, तौरतरिकालाई नेपालमा संस्थागत रूपमा स्थपना गर्ने काम यी कलाकारहरूले गरेका थिए । विश्वमै मान्यता प्राप्त आधारभूत कलाका विषयहरू, नियमबद्ध रूपमा कलाहरू पढाइने प्रचलन यसपछि नेपाली कलाका स्कुलहरूमा पनि बस्दै गएको देखिन्छ ।
अनि पहिलो मोड भनेको चाहिँ सन् १८५० ताका हो । यसबेलाका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर अनि उनै बेलायत राजकीय भ्रमणमा निस्किँदा, युरोपमा देखेर आएका जीवनको विभिन्न पाटा लगायत त्यहाँको राजनीतिक व्यवस्था, सामाजिक अवस्थाका साथासाथै कलाको विभिन्न तौरतरिकालाई नेपाल भिœयाएका थिए । यसबखत कला, सङ्गीत, नाटक, साहित्यलगायत रहनसहन, ठाँटबाँट जनजीवनका अनेकौँ तौरतरिकालाई बेलायतकै ढाँचामा नक्कल गर्न लगाएका थिए । यसबेलादेखि मूर्तिकला, चित्रकला लगायत नेपाली वास्तुकलामा पश्चिमी शैलीले यथेष्ट रूपमा प्रवेश पाएको थियो । दरबार, महल र भवनभित्र गरिने सजावटदेखि उतैबाट ल्याइएका कलाका महँगा कलालाई सजाउने, बेलायती कलाकारहरूलाई नेपालमै बोलाई आफ्ना अजङ्गका सालिकहरू बनाउन लगाई सडकमाझ स्थपना गर्ने आदि परम्परा यसबेलादेखि नै तीव्र रूपमा बढेर गएको हो । आज पनि यस्ता सालिकहरू न्युरोड, टुँडिखेलमा देख्न सकिन्छ । अझ संंयोगवशले त्यतिबेलाका नामुद कलाकार भाजुमान चित्रकार पनि यो राजकीय यात्रादलमा सम्मिलित भएको हुँदा पनि कलाको नयाँ मोडको स्थपना गर्न यसले मलजल गर्ने काम ग¥यो । उनले नेपाल फर्केपछि पश्चिमी कलाशैली र नेपाली परम्परागत कलाशैलीलाई फ्युजनमा विकसित गरेर नयाँ कलागत शैलीको शुभारम्भ गरेका थिए । चौथो भनेको चाहिँ सन् २००० को उत्तरकालमा देखा प¥यो । यसबेला सूत्र भन्ने कलाको एक संस्थाले विधिवत् कलाको नवीतम प्रवृत्तिलाई ओशोतपोवनमा एउटा कला कार्यशाला गरी नेपालमा भिœयाउने काम गरेका थिए । यसलाई म चाहिँ उत्तरआधुनिक कला वा वैकल्पिक कला भन्ने गरेको छु ।
जीवनको आरोहअवरोह
८ जुन १९३८ मा पाटनको काल्खुमा रामानन्द जोशीको जन्म र १९८८ मा देहावसान भयो । तथापि ५० वर्षको छोटो जीवनकालमै यति विघ्न कलामा, सस्कृति, सम्पदा, धर्म, समाज सेवा आदिमा काम गरे । कुनै अन्य कलाकारले यति कम समयमा यति धेरै काम गरेका अभिलेख पाइँदैन । नेपाली समाजका लागि यही नै उनको सबैभन्दा उनको ठुलो योगदान थियो ।
जोतिषी परिवारमा जन्मेका रामानन्द जोशी कलाको विधिवत् शिक्षा लिन सन् १९५९ मा मुम्बाईको जे जे स्कुल अफ आर्टमा भर्ना हुन पुगेका थिए । जहाँबाट उनले सन् १९६४ मा कलामा डिप्लोमा गरी नेपाल फर्केका हुन् । मात्र पुग नपुग २४ वर्षभित्र कला शिक्षण, ललित कला संस्थामा, ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना संलग्न भए । कला दीर्घा खोलेर (पार्क कला दीर्घा) कलाको नयाँ आयाम खोल्नुको सन्दर्भमा, कलामा कोचिङ क्लासको संस्कार बसाउनुदेखि कलामा नयाँ धारको विकास आदि गर्नुमा उनको अतुलनीय योगदान रह्यो ।
उनीले १८ वर्षमा मात्र हुँदा नै सन् १९५६ मा बनाएको सेल्फ पोट्रेट परिपक्व चित्रका रूपमा देखिन्छ । पानी रङ माध्यामबाट बनाइएको यो चित्र यथार्थवादी शैलीमा उनले बनाएको उत्कृष्ट व्यक्ति चित्र हो । १९६८ मा पानी रङ्गबाट बनाएको कृषक विषयसम्बन्धी चित्रहरूले उनी कृषितिर कसरी आकर्षित हुन पुगेका रहेछन् भन्ने स्पष्ट अनुभूत गर्न सकिन्छ । जे जे स्कुल आफ आर्टबाट कलाको छात्रवृत्ति प्राप्त भएपछि चाहिँ कलाको विधामा प्रवेश गरेका हुन् । हिरण्य वर्ण महाविहारको सुन्दर दृश्यचित्र उनले सन् १९५७ मै बनाएका थिए । जसबाट दृश्यचित्रमा उनको ज्ञान, अनि शिल्प–दक्षता अब्बल रूपमा रहेको यसैले पनि प्रमाणित गर्दछ ।
नेपाली संस्कृति, संस्कारलाई संरक्षण र विकास गर्न सदैव तत्पर देखिने रामानन्द जोशी सम्बन्धित सङ्घसंस्थामा अति नै सव्रिmय रहने बानी उनीमा थियो । जहाँ जे पढे पनि जहाँ गए पनि त्यहाँ नै उनी संस्थागत रूपमा संलग्न भई कार्यव्रmम गरिहाल्ने गर्दथे । यसो हुँदा उनी कार्यव्रmम गर्नु गराउनु, संस्कृति कला विकासको वकालत गर्नुदेखि नाटकमा समेत अभिनय गर्न पुगेका थिए । मुम्बईमा समेत उनी अध्ययनकै व्रmममा पनि सन् १९६२ देखि ६४ सम्म नेपाली विद्यार्थी सङ्घका महासचिव भई काम गरेका थिए । अझ पछिल्लो कालमा आएर ललितपुर नागरिक समिति खोलेर यसैलाई अगुवाइ गर्दै नेपाली संस्कृतिको संरक्षण र विकासका लागि गरेको उनको काम त साह्रै उच्च कोटिको छ ।
उनी पढाइ सकेर नेपाल फर्केलगत्तै सन् २०६५ मा नेपाल ललित कला संस्थामा कार्यकारी सदस्यमा संलग्न पनि भइहाले । यसैबेला काठमाडौँ उपत्यका बाहिर नेपाली गाउँघरहरू घुमी घुमी दृश्यचित्रहरू बनाउने, उपत्यकाबाहिर पनि कला प्रदर्शन गर्ने गर्दथे । विस २०२२ सालमै काठमाडौँ पूर्व धनकुटा हिलेको डाँडा अनि डाँडाको टुप्पामा बसेको सानो गाउँको प्रभाववादी दृश्यचित्र अनि २०२१ मा गरेको थानकोटको भ्यु नामक दृश्यचित्रहरू यसका गतिला उदाहरण हुन् । नेपाली कला नै अझ भनौँ पश्चिमी शैलीका यस्ता चित्र हेर्न नै नपाएका आम जनताका लागि यो सुनौलो मौका थियो । यस बखतसम्म यसरी कलाको प्रचार प्रसार गर्ने अनि गाउँघरमा गई चित्र कोर्ने कलाकारहरू देखिन्न । त्यस बखत उपत्यकाबाहिर यस्ता कलाहरू अवलोकन गर्न सम्भव नै थिएन । यसर्थ पनि उनलाई प्रभाववादी दृश्यचित्र बनाउने पहिलो कलाकारका रूपमा मान्ने गरिन्छ । जसले गर्दा प्रभाववादी जलरङ्गी दृश्यचित्रहरू राष्ट्रभरका कलाकार, आम नागरिकलाई पनि यसबारे थाहा दिने काम मात्र होइन यो कला शैलीलाई देशभरि फैलाउने काम पनि उनीबाट सुरु भएको देखिन्छ ।
धर्मलाई सामाजिक सेवादेखि वयोवृद्धलाई सम्मान गर्ने थालनी पनि उनले यसै संस्थामार्फत गर्दथे । कसैले पुराना कला सम्पदा भत्काए बिगारे भने सरकारमाथि दबाब दिन वकालत गर्न सडकमै ओर्लने पत्रपत्रिकामा लेखिहाल्ने, सभाजुलुस बनाएर कराइहाल्ने हक्की स्वभावका उनी थिए । ललितकला प्रज्ञा प्रतिष्ठानको स्थपनाका लागि संस्थागत रूपमा सङ्घर्ष गर्नेहरूमध्ये पनि उनी एक हुन् । उनी भन्थे ललितकला प्रज्ञा प्रतिष्ठान नखुलेसम्म म अहिलेको प्रज्ञा प्रतिष्ठानमा, नाफामा पाइला टेक्दिनँ । उनको देहवसान हुन अघिसम्म नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान खुलेन अनि नभन्दै उनी कहिले पनि तत्कालीन प्रज्ञा पतिष्ठानमा पाइला नै टेकेनन् । यो दृढता उनीमा थियो ।
उनले सन् ७० को दशकमा पार्क कला ग्यालरी खोले । जसको निरन्तरता आजको दिनसम्म पनि छ । यो कला ग्यालरी झन्डै जेठो कला दीर्घाको रूपमा देखिन पुगेको थियो । यसअघि छोटो समयका लागि कलाकार उत्तम नेपालीको सव्रिmयतामा म्याक्स कला दीर्घा अनि पृथ्वी कला दीर्घा खुलेको थियो । पछिसम्म पनि नेपाल ललित कला संस्थाको कला ग्यालरीलाई छोड्ने हो भने यो पार्क कला दीर्घाको नेपाली कला क्षेत्रमा एकछत्र राज थियो । यो ग्यालरी कलाकारको मात्र होइन, सङ्गीतकार साहित्यकार अझ कला व्रmेताहरूको लागि पनि एउटा चौतारी जस्तो बन्न गएको थियो । नेपालको समसामयिक कलाको विकासमा यो कला ग्यालरीको ठुलो योगदान छ । यो समयमा कलाकार यस प्रकारले सव्रिmया भएर कला दीर्घा खोलेको देखिँदैन । अझ निरन्तरताको हिसाबमा त आजको दिनसम्ममा यसलाई जित्ने अर्को कला दीर्घा देखा परेको छैन । यो कला दीर्घाबाट बाहिर गई ओपन एयरमा चित्र बनाउने, संस्कारको संस्थागत रूपमा उनैले सुरुवात गरेका हुन् । यस्ता कला पोत्न यहाँ सिकाउने पनि यस्ता दृश्यचित्रको प्रतियोगिता पनि गर्ने आदिले गर्दा पनि आज यस्ता कला बनाउने कलाकारहरू हजारौँको सङ्ख्यामा छन् । कलाको कोचिङ कक्षा लिनेदेखि प्रभाववादी दृश्यचित्र बनाई यसलाई निरन्तरता कायम गर्ने र कलाको मूल धारमा ल्याउने कलाकार पनि उनी नै हुन् ।
जोशीका चित्रका विशेषता
कलाकारको यस्ता यस्तै आनीबानी, स्वभाव नै मूलतः आफ्नो कलामा ओर्लने गर्दछ । यसर्थ पनि उनी जहाँ जेजस्तो कला कोर्न सिकेर आए पनि आफ्नो परम्परालाई छोडेको देखिँदैन । उनका चित्रमा मूलभूत दुई चारवटा विशेषताहरू स्पष्ट रूपमा देखिन्छन् । सबैभन्दा मुख्य रूपमा प्लेन एयर पेन्टिङ वा ओपन अयर पेन्टिङ, (बाहिर खुला प्रकृतिमै गएर गरिने प्रभाववादी दृश्यचित्र, यसलाई आउट डोर पेन्टिङ भन्ने पनि चलन छ) यसका अङ्कन पद्धतिलाई मुख्य रूपमा उनले स्थापित गरेका थिए । सर्वथा नौलौ ढङ्गबाट चित्र बनाउनु, बनाउन सिकाउनु आम भावकको अगाडि डेमो दिनु सबै काम उनी सँगसँगै गर्दथे । बगुन्द्रो युवा कलाकारहरूलाई फिल्ड लानु (बाहिर खुला स्पेसमा लानु) प्रतियोगिताको आयोजना गर्नु यसैको मात्र प्रदर्शन गर्नु सबै कुरा गर्दथे ।
यसअघि नेपाली कलाको इतिहासमा सामाजिक, सांस्कृतिक यथार्थवादी दृश्यचित्रहरूले जरा गाडेको अवस्था थियो । चित्र अङ्कन पनि बन्द कोठाभित्र (स्टिुडियो आर्ट) बसेर गर्ने चलन थियो । हुन त उनी अघि थोरबहुत रूपमा प्रभावादी दृश्यचित्र देख्दै नदेखिएको भने होइन तथापि उनले चाहिँ यसैलाई एक आन्दोलनका रूपमा प्रयोग र अभ्यास गर्दा यो क्षेत्रमा उनको योगदान अरूको भन्दा स्वभावतः बढी छ । बन्द कोठाभित्र बसेर चित्र बनाउने चलनबाट एक कदम अगाडि बढ्दै बाहिर खुला हावामा क्षण क्षणमा बदली भइरहने प्रकृतिको अवयवहरू द्रुत गतिले टिप्दा जलरङमा गति सिर्जना भई कला आफैँमा जीवन्त देखिनु देखाउनु उनको अर्को कलागत विशेषता देखिन गएको थियो । उनको पारदर्शी जलरङ्गी चित्रहरूमा हलका रङ्गका बहावहरू सुललित भई बग्दा उनका तुलिघातहरू आमभावकसँग संवाद गर्न बसेका जस्ता देखिन्थे । चित्रमा देखापरेको सफासुग्गरपना, आलो रङ्गीय लेपन, प्राकृतिक सौन्दर्यता, शीतलता अनि मनोरम देखिनु उनको कलागत नैसर्गिक स्वभाव नै थियो । जसले दृश्यचित्रमा थप नयाँ शैली थपिन गएको स्पष्ट आभास हुन्थ्यो ।
अर्को उनका कलागत विशेषतामा नेपालका विकट गाउँ गाउँ घुमी अलग अलग समुदायका दिनचर्याका अनेक अनेक रेखाङ्कन, चित्रहरू उनले बनाएका छन् । दिनचर्याका आबद्ध भएका यस्ता अनगन्ती यथार्थवादी रेखाङ्कनहरूबाट सामाजिक अवस्थालाई उजिल्याउने काम उनको चित्रबाट भएको देखिन्छ । हुन त उनले २०१५ ( सन् १९५८) सालतिरै जब उनी मात्र २० वर्षका थिए, यस बखत पनि कृषक, दाउरे आदि यस्तै चित्रहरू पनि बनाएका देखिन्छन् । सम्भवतः यस बखत चाहिँ उनले यस्ता चित्रहरूमा भाव, भावना र कल्पनाले पनि विशेष भूमिका खेलेको जस्तो देखिनाले पछिल्ला चित्रहरूसँग तुलना गर्न त मिल्दैन तथापि सोच चाहिँ शुभारम्भ भइसकेको तर्फ चाहि इङ्गीत गर्न सकिन्छ । यी चित्रहरू थोरै अलग देखिन्छ तथापि यसैबेलादेखि बाहिरका दृश्यलाई चित्रपटमा ओराल्ने सन्दर्भमा चाहिँ उनी लागिपरेका थिए भन्न सकिन्छ । यसअघि बढीजसो कल्पनाका आधामा यस्ता चित्रहरू बनाउने प्रचलन बढी मात्रमा देखिन्थे । विश्व कला आन्दोलनमा यथार्थवादी चित्रहरू स्वभावत कल्पनालाई नकारेर देखा परेको हो, नेपालमा यस बखत बन्ने गरेका यथार्थवादी चित्रहरू चाहिँ कल्पनामा बढी मात्रामा ओतप्रोत भएका देखिन्थे ।
यसैबखत देखिन आएका उनका चित्रको अर्को विशेषता भनेको अभिव्यञ्जनावादी चित्रहरू पनि हुन् । उनको चर्चामा रहेको २०२० सालमा बनाएको युद्ध अनि अनिकाल भए पनि जीवनको प्रवाह रोकिँदैन भन्ने चित्र हो । जहाँ गाढा गहिरो हरियो रङ्गको संरचनाका साथ चित्रण भएको छ । यहाँ भैँसी र यसमाथि सवार भएका एक मानवको अनिकाल अनि सङ्कटको प्रतिविम्बका रूपमा दुवै पात्रहरू दुब्ला पतला देखिन्छन्, देखाइएका छन् । यस्तै प्रकारले २०२२ मा बनाएका शृङ्गार, यसै साल बनाइएका बच्चा र आमा आदि पनि यही सिरिज अन्तर्गतका चित्र हुन् । यसबेलाका उनका यस्ता अभिव्यञ्जनायुक्त चित्रहरू सर्वथा अलग रूपमा देखिन गएको गियो । सम्भवतः मुम्बईको कला स्कुलिङको नयाँपन अन्य कलाकारबाट सम्भव पनि भएन । किनकि यस बखत लैनसिंह वाङ्देल, कलकत्ता अनि युरोपमा बस्दै गर्दा उतैको कला स्कुलिङ, उत्तम नेपालीको लखनाउ कला स्कुलिङ, ठाकुरप्रसाद मैनालीको बरोदा कला स्कुलिङ हुँदा पनि कसैको कसैसँग शैलीगत एकरूपता त त्यसै पनि थिएन ।
कला स्कुलिङकै रूपमा त्यतिबेलाका लक्ष्मण श्रेष्ठ पनि उल्लेख गर्न सकिन्छ । उनी पनि बम्बई कला स्कुलिङबाटै थिए तथापि उनको नितान्त अमूर्ततातिर झुकाउ भएको कारणबाट पनि रामानन्द जोशीको कलागत शैलीसँग केही तालमेल मिल्न सम्भव थिएन । रामानन्द जोशीले कहिले पनि अमूर्त कला गरेनन् ।
यसपछि नेपालमा सम्भवतः पहिलो पल्ट सन् १९८० ताका एकल कला प्रदर्शनीकै रूपमा देखा परेका उनका नव तान्त्रिक चित्रहरू हुन् । मल्लकालमा धार्मिक कलाका रूपमा यस्ता तान्त्रिक कलाहरू प्रशस्तै रूपमा देखा परे पनि यता यसैलाई पुनव्र्याख्याका साथ समसामयिक कलामा कसैले पनि ल्याउन प्रयास र अभ्यास गर्न सकेका थिएनन् । हेर्दा झन्डै परम्परागत तान्त्रिक कला झँै देखिए पनि उनका कलामा आजको अवस्था स्पष्ट रूपमा प्रत्याभूति हुँदा पनि यो कला पृथक् रूपमा देखिन गएको थियो । यो उनको सर्वथा अलग खालको चित्रहरू उनको मात्र होइन, नेपालकै कला इतिहासको एक अलग विशेषता बन्न गएको थियो । उदाहरणकै रूपमा हेर्दा पनि १९८० मै बनाइएको पञ्चतìव, जीवनका गाडी, शुभ सङ्केत (१९७९) मा बनाइएका चित्रहरू हुन् ।