• २१ कात्तिक २०८२, शुक्रबार

नेपाली भाषामा ‘रिच ड्याड पोर ड्याड’

blog

काठमाडौँ, कात्तिक २१ गते । ‘रिच ड्याड पोर ड्याड’ लाई धनी बुवा गरिब बुवा नाम दिइएर नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्ने सम्झौता भएको छ । उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्वारा लिखित अन्तर्राष्ट्रिय पुस्तक ‘रिच ड्याड पोर ड्याड’ अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क प्रालि नेपालले रिच ड्याड अपरेटिङ कम्पनी, अमेरिकासँग सम्झौता गरेको छ । 

सम्झौतामा उक्त कम्पनीकातर्फबाट कार्यकारी अधिकृत किम कियोसाकी र कथालय इन्क प्रालि, नेपालकातर्फबाट कम्पनीका सहसंस्थापक तथा निर्देशक श्री राजीवधर जोशीले सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

हालसम्म यो पुस्तक विश्वभरि चार करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ । १०९ राष्ट्रमा ५१ भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ । कथालय इन्कले यो पुस्तक ‘रिच ड्याड पोर ड्याड’ लाई आधिकारिक रूपमा नेपाली भाषामा आफ्नो ‘वी रिड’ बाट प्रकाशन गर्ने भएको छ ।