गुणबहादुर रोका
सुलीकोट, पुस १० गते । गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलबिद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढीगण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना बिकास गर्न लागेको हो ।
यो आयोजनाबाट कुल ३२९.४ मेगाबाट बिद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । जसले राष्ट्रिय बिद्युत आपूर्तिमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको आयोजनाका इन्जिन्यिर दुर्गेश मगरले बताउनुभयो ।
बुढी गण्डकी ‘क’ आयोजनाको क्षमता १०३. ४ मेगावाट रहने छ । यो आयोजना धार्चे गाउँपालिका –३ लुस्याङ क्षेत्रमा बाँध निर्माण गरी चार किलोमिटर लामो सुरुङमार्फत पानी माछाखोलामा ल्याइ बिद्युत गृह निर्माण गर्ने योजनामा आधारित छ ।
यो आयोजना रन अफ द रिभर प्रबिधिमा आधारित आयोजनाबाट उत्पादन हुने बिद्युत १२. ७ किलोमिटर लामो प्रशारण लाइनमार्फत बुढीगण्डकी ‘ख’ आयोजनासँग जोडिने छ । यस आयोजनाको अनुमानित लागत ३१ अर्ब ३२ करोड रुपियाँ रहेको आयोजनाका पदाधिकारीहरुको भनाइ छ ।
त्यस्तै २२६ मेगावाट क्षमताको बुढीगण्डकी ‘ख’ आयोजना धार्चे गाउँपालिका – ७ खानीबेशीमा बाँध निर्माण गरेर अघि बढाइने छ । बाँधबाट ९. ५ किलोमिटर लामो सुरुङमार्फत पानी सोतिस्थित बिद्युत गृहमा लगिने आयोजना इन्जिनियर मगरले बताउनुभयो ।
१९७.९७ मिटरको उचाइबाट पानी खसालेर बिद्युत उत्पादन गरिने यो आयोजना पनि अफ द रिभर प्राबिधिमा आधारित हुनेछ । यसको कुल लागत ५६ अर्ब ९९ सय करोड रुपियाँ अनुमान गरिएको छ ।
कम्पनीका अनुसार दुबै आयोजनाको बाताबरणीय अध्ययन (इआइए) र बिद्युत्त खरीद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । यी आयोजनबाट उत्पादन हुने बिद्युत १८ किलोमिटर लामो प्रशारण लाईनमार्फत धादिङको लापा क्षेत्रमा रहेको शब स्टेशनममा जोडिएर केन्द्रिय प्रशारण प्रणालीमा समाबेश हुनेछ ।