• २३ चैत २०८२, सोमबार

मालपोत कार्यालयबाट बिचौलिया पक्राउ

blog

प्रवीण कुमार शर्मा 

रौतहट, चैत २३ गते । रौतहटको चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय परिसरबाट सोमबार एकजना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरिया नगरपालिका–९, रौतहटका २४ वर्षीय रितेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका –४ मा रहेको मालपोत कार्यालयबाट यादवलाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नवगठित सरकारले जनतालाई कुनै पनि बहानामा शास्ती दिने,अबैध तरिकाले रकम असुल्ने माथि कडाइ गरेसँगै रौतहट प्रहरीले बढी भिडभाड हुने कार्यालयमा निगरानी बढाएको छ । 

सरकारी सेवा लिने सर्वसाधारणलाई दुःख दिने र अनावश्यक रकम असुल गर्ने पाँच जनालाई यसअघि गौरबाट प्रहरीले पक्राउ गरेको थियो सरकारको काम कारबाहीले जनतामा सकारात्मक आशा पलाएको छ ।