काठमाडौँ, चैत २३ गते । ‘कान्तिपुर हाफ म्याराथन’ को अर्को संस्करण १४ औं संस्करण वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ ।
म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने सामेबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ । मुख्य विधा हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख ५० हजार रुपियाँ पु्रस्कार पाउने छन् ।
त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमश: ७५, ५०, ३०, २० र १० हजार रुपियाँ पाउने छन् । पहिलो तीन स्थामा आउनेले ट्रफी र मेडल पनि पाउने छन् । ह्विलचेयर रेस तर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश: २५ र १५ हजार पाउने छन् ।
कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यसपटक देखि दौड पुरा गर्ने सबैलाई मेडल पाउने छन् ।
म्यारथनलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।