• १० पुस २०८२, बिहिबार

घोडाघोडी क्याम्पस अध्यक्षमा न्यूरे

blog

क्याम्पस सञ्चालक समिति अध्यक्षमा निर्वाचित न्यूरे ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस १० गते । कैलालीको घोडाघोडी नगरपालिका –१  सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा लक्ष्मण न्यूरे बिजयी हुनुभएको छ ।

बिहीबार क्याम्पसमा भएको निर्वाचनमा स्वतन्त्र उमेदवार डबलबहादुर शाहलाई ८९ मतले पछाडी पार्दै सबै राजनीतिक दलको साझा उमेदवार न्यूरे बिजयी हुनुभएको हो । 

न्यूरेले २७७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उमेदवार शाहले १८८ मत प्राप्त गर्नुभयो । न्यूरे नेपाली कम्प्युनिष्ट पार्टी निकट हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्ष र महिला सदस्यमा न्यूरे प्यानलका उमेदवार आयुष जोशी  र राधाकुमारी पाण्डे विनाडी विजयी हुनुभएको छ । जोशी नेपाली कांग्रेस निकट हुनुहुन्छ भने बिनाडी नेपाली कम्प्युनिष्ट पार्टी निकट हुनुहुन्छ । 

क्याम्पसको लेखा परीक्षण टोलीको संयोजकमा स्वतन्त्र उमेदवार भोजराज जोशी बिजयी हुनुभएको छ । न्युरे प्यानलका हेमन्त शाहीलाई ६ मतले पछाडी पार्दै जोशी बिजयी हुनुभएको हो । दलित, जनजाती, र खुल्ला सदस्य र लेखा समिति सदस्यमा सर्वसम्मत भए पनि अन्य पदका लागि निर्वाचन भएको हो । 

 क्याम्पसमा विशिष्ट, आजिवन र साधरण ५८१ सदस्य मतदाता रहेकोमा ४७२ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक शिवप्रसाद ढकालले बताउनुभयो । खसेका मतमा चार मत बदर भएको थियो । त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त भई २०६२ सालदेखि सञ्चालनमा आएको उक्त क्याम्पसमा सञ्चालक समितिको कार्यकाल तीन बर्षको रहने गरेको छ ।