गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २९ गते । शिक्षामा सिप कार्यव्रmम अन्तर्गत विद्यालयमा सञ्चालित ‘स्केचिङ एन्ड स्कप्चर’ का व्रmममा तयार पारिएका कलाकृतिको शुव्रmबारदेखि प्रदर्शनी थालिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सो प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।
कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लैजाने प्रयास अनुरूप विद्यालयमा ‘स्केचिङ एन्ड स्कप्चर’ सिर्जना कार्य थालिएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सिपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको चर्चा गर्नुभयो ।
काठमाडौँ महानगरपालिका नौ विद्यालयका १९ समूहमा ‘स्केचिङ एन्ड स्कप्चर’ सञ्चालन गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीले तयार पारेका एक हजार दुई सयभन्दा बढी कलाकृति राखिएका छन् ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले ‘स्केचिङ एन्ड स्कप्चर’ को नतिजा देख्दा खुसी लागेको बताउनुभयो ।
प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको हलमा वैशाख ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।