• १८ वैशाख २०८१, मङ्गलबार

‘जानकी साहित्य’ पुरस्कार भण्डारीलाई

blog

साहित्यकार ठाकुर शर्मा भण्डारी ।

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ५ गते। किरण पुस्तकालय तम्घास गुल्मीले प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कारबाट यस वर्ष साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिने भएको छ।

पुस्तकालयले प्रत्येक वर्ष प्रदान गर्दे आएको ‘जानकी साहित्य’ पुरस्कार– २०८१ बाट यस वर्ष सत्यवती गाउँपालिका जुहाङ्ग, खैरेनीका ७१ वर्षीय भण्डारीलाई प्रदान गरिने भएको  किरण पुस्तकालयका कार्यवाहक अध्यक्ष दीन पन्थीले जानकारी दिनुभयो।

साहित्यकार भण्डारीका समालोचना, निबन्ध लगायतका २८ थान पुस्तक प्रकाशन भएका छन्। उहाँले समालोचना विविध विधाका पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ।

उक्त पुरस्कार स्व.जानकी ज्ञवाली गौतमको सम्झनामा २०७३ सालमा स्थापना गरेर गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरुलाई प्रत्येक वर्ष किरण पुस्तकालयबाट मोती जयन्तीका दिन प्रदान गर्दै आएको छ।

यसभन्दा अगाडी उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागिरथी श्रेष्ठले २०७६ सालमा र रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा, रुद्र ज्ञवालीले २०७९ सालमा  र हरिप्रसाद भण्डारीले २०८० सालमा प्राप्त गरिसक्नु भएको छ।

पुस्तकालयले २०७३ साल देखि जानकारी साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।