• १६ भदौ २०८१, आइतबार

‘पल्लवित पाइला’ सार्वजनिक

blog

कविता सङ्ग्रह ‘पल्लवित पाइला’ सार्वजनिक गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत १ गते । नवसर्जक कृशु अर्यालको कविता कृति सार्वजनिक भएको छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।

बालजागृतिको आयोजनामा एक कार्यक्रमकाबिच अर्यालको पहिलो कृति विमोचन गरिएको हो । कृतिमाथि साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आँचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले समीक्षा गर्नुभएको थियो । ३७ वटा कविता समावेश भएको सङ्ग्रहमा केही संशोधनको खाँचो देखिएको समीक्षक बानियाँले बताउनुभयो । 

पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको अर्का समीक्षक भावना सापकोटाले बताउनुभयो । स्थानीय पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी पुस्तक तयार गरेको लेखक कृशु अर्यालले बताउनुभयो । 

पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा ढुण्डिराज पोखरेल रहनुभएको छ । विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बाल जागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याललगायत साहित्यकारहरूको आतिथ्यता थियो ।