• १९ जेठ २०८२, सोमबार

भिरबाट खसेर गोठालोको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ १७ गते । भिरबाट लडेर भेडी गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ६७ वर्षीया लारा गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

पाङसिङभन्दा धेरैमाथि रहेको लेकको इसराङ भिरमा भेडा चराउन जाँदा भेडा भिरबाट खस्दा समाउन खोज्दा लडेर उहाँको ज्यान गएको हो । शनिबार दिउँसो १ बजे घट्नास्थलमै उहाँको मृत्यु भएको स्थानीय तथा चुमनुब्री गाउँपालिकाका पूर्व उपप्रमुख कुमारी गुरुङले जानकारी दिनुभयो । 

डरलाग्दो भिरबाट खसेर मृत्यु भएका गुरुङलाई सँगैगएका गोठालाले खबर गरेपछि स्थानीय र प्रहरीको सहयोगमा मृतक गुरुङको शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।