• १३ असोज २०८१, आइतबार

चित्रकला प्रदर्शनी

blog

काठमाडौँ, फागुन ७ गते । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सङ्गठनको भेलासहित आयोजित पाँच दिने विश्व सामाजिक मञ्च समारोहमा हिंसाविरुद्धको सन्देश दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । 

गैरसरकारी संस्था महासङ्घको नेतृत्वमा भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्च समारोहमा महिला, बालबालिकामाथि हुने घरेलु, सामाजिक हिंसाविरुद्धको सचेतनात्मक चित्रकलाको प्रदर्शनी र कला कार्यशालाको आयोजना गरिएको हो । कलाकार रेणु घिमिरेले फ्रिडम स्टुडियो बानेश्वरले यस चित्रकला प्रदर्शनीमा चित्र बनाउने इच्छा भएका दर्शक, सहभागी र कलाकारले समेत चित्र बनाएर हिंसाको अन्त्यका लागि सन्देश दिएको बताउनुभयो । 

महासङ्घका अध्यक्ष रामबहादुर सुवेदीका अनुसार विश्वका ९२ देशका नागरिक सङ्घ/संस्थाको सहभागितामा नेपालमा आयोजित विश्व सामाजिक मञ्च समारोहमा नागरिक सङ्घ/सङ्गठनका माध्यमबाट समाज परिवर्तनका लागि पु¥याएको योगदानको समीक्षा गरिएको बताउनुभयो ।