• १३ असोज २०८१, आइतबार

स्वर्णिम साहित्य समाजको अक्षयकोष स्थापना

blog

स्वर्णिम साहित्य समाजको स्वर्णिम मातृभाषा साहित्य पुरस्कारका लागि अक्षय कोषको घोषणा । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, फागुन १२ गते । स्वर्णिम साहित्य समाज वराहक्षेत्रले स्वर्णिम मातृभाषा साहित्य पुरस्कारका लागि अक्षय कोषको घोषणा गरिएको छ । प्रज्ञा कविता उत्सवको अवसर पारेर गरिएको घोषणा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति भूपाल राईले ट्रफी सार्वजनिक गर्दै कोषको घोषणा गर्नुभएको हो ।

सुनसरीको वराहक्षेत्रमा स्वर्णिम साहित्य समाजले आयोजना गरेको ‘प्रज्ञा कविता उत्सव २०८०’ मा पूर्व मेचीदेखि महाकाली सम्मका कविहरूले कविता सुनाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविहरूले आफ्नो रचना सुनाएका हुन् । उनीरुले समसामयिक विषयमा रहेर रचना प्रस्तुत गरेका थिए । 

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविहरूलाई केन्द्रित गर्दै चक्रघट्टीमा आयोजित ‘प्रज्ञा कविता उत्सव’मा कविहरूले कविता सुनाएका थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रम पाँच चरणको ढाँचामा कविता उत्सव गरिएको समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिनुभयो।

स्थानीय सर्जक र सिर्जना अन्तर्गत लक्ष्मण कटुवाल, सविता फागो, वर्षा भण्डारी, ज्ञानु राई र राजन इशारा राईले गजल तथा कविता वाचन गर्नुभएको थियो । वराहक्षेत्र उप प्रमुख नन्दकुमारी सुनुवार सहितको कवि साहित्यकार, जनप्रतिनिधि लगायत विद्यार्थीको उपस्थिति थियो । कार्यक्रम छविना लुङ्गेली मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।