बाहिरबाट हेर्दा घना जङ्जल जस्तै लाग्ने तर भित्र छिरेपछि रमणीय उद्यानका बिचमा एउटा विशाल भवन छ । त्यसको वरिपरि अन्य ससाना तर आकर्षक संरचना छन् । ती संरचना कुनै विभिन्न देवीदेवताका मन्दिर हुन् भने कुनै पूजाआजा आदि कार्य तथा अनुष्ठानको प्रयोजनले निर्माण गरिएका हुन् । चन्दन, अगरबत्ती एवं हवनको सुगन्धले वातावरण मगमगाएको छ । छवैमा बगिरहेको कञ्चन नदीले मौन रूपमा गाइरहेको छ त्यहाँको पावन गाथा । पारिलो घाम ताप्दै विशेष गरी पाको उमेरका महिला धूपबत्ती कातिरहेका छन् । त्यसै गरी कतिपय भजनकीर्तनमा झुमिरहेका पनि देखिन्छन् । चाहे रुख–वृक्षले होस् चाहे फुल–बगैँचाले चाहे त्यहाँको वास्तुकलाले होस्, जुनसुकै कोणबाट पनि सुन्दरताको अनुपम सङ्गम बनेको त्यो स्थानमा झट्ट पुग्ने जोकोही पनि एक पटक आपूmलाई बिर्सेर परमानन्दमा डुब्ने गर्दछ । त्यसरी नै डुबिरहेकी छन् उनी त्यहीँ कतै साधनाको क्षणमा प्राप्त हुने अनहद नादमा रमाउँदै ।
ढोकाको घण्टी बज्छ । उनको ध्यान भङ्ग हुन्छ । मन नलागी नलागी पनि उनी ढोकतिर लम्कन्छिन् । ढोका खुल्दा उनी चकित हुन्छिन् र मुखबाट यति मात्र निस्किन्छ “छोरी तिमी !” ढोकामा उभिएकी सुन्दर युवतीले अलि रुखो स्वरमा बोलिन् “हो म । सायद, अब मलाई पनि चिन्नुहुन्न कि ?” उनलाई अलि असहजता बोध हुन्छ र भन्छिन्, “आऊ न भित्र । मैले भन्न खोजेको के हो भने तिमी त थाहै नदिई आयौ नि त्यसैले अनौठो लागेको... ।” उनको वाक्य पूरा हुन नपाउँदै युवती बोलिन्, “तपाईंले चाहिँ कति कुरा थाहा दिएर गर्नुभएको छ नि ?” उनको बोलीमा अभैm पनि कडा असन्तुष्टि घुलेको थियो । उनी अलि हड्बडाइन् र परिस्थितिलाई सहज बनाउनै प्रयत्न गर्दै भनिन्, “कहिलै आयौ त ? अनि एक्लै आयौ कि ज्वाइँसाहेब र केटाकेटी पनि...?” “यो सबै छोड्नुस् ममी ! मात्र मेरो प्रश्नको जबाफ दिनुस्, तपाईंलै यस्तो किन गर्नुभयो ? बाबासँग प्रतिवाद किन गर्नुभएन ? कसरी सहेर बस्नुभयो ?
युवती यसरी बोलिरहेकी छन् मानौँ उनलाई आफ्नो मनभरि उम्लिरहेको लाभा विस्फोट गराउनु छ । त्यसैले उनी ज्वालामुखी बन्दै छन् । प्रौढा शान्त भएर उनलाई पनि शान्त पार्ने प्रयासमा छन् । “छोरी आउँदैछ्यौ पहिला विश्राम गर । त्यसपछि कुरा गरौँला । ल लेऊ यो भगवान्को प्रसाद” भन्दै उनी नजिकैको कृष्णमूर्तिको पाउबाट पूmल प्रसाद लिएर अघि बढ्छिन् । “भो ! आफैँसँग राख्नूस् आफ्नो भगवान्को प्रसाद ! चाहिएन मलाई त्यो भगवान् जसले एउटी महिला, एउटी आमालाई न्याय गर्न सकेनन् ।” युवतीले प्रसाद पर पन्छ्याउँछिन् । प्रौढा उस्तै शान्त भावमा बोल्छिन्, “छोरी भगवान्लाई दोष नदेऊ । उनले मलाई त्यही दिएका छन् जे मैले वर्षौंदेखि चाहेकी थिए । म त मेरो भगवान्लाई धन्यवाद दिन्छु ।” सोफामा बसेकी युवती जुरुक्क उठेर गर्जिइन्, “यही चाहनुभएको थियो ममी तपाईंले कि यो उमेरमा एक्लिएर बस्नुपरोस् । एकअर्काको सहारा बन्नुपर्ने अवस्थामा... उप्m ! मेरो छाती भतभती पोलिरहेछ । तपाईंले बाबा र मेरा लागि गर्नुभएको त्याग र सहयोग अनि दुःखपीडा सम्झँदा ! छिः ! यो लोग्नेमान्छेको जात ।” उनी कोठामा वल्लो छेउ, पल्लो छेउ गर्दै के के बोल्दै हुन्छिन् । प्रौढा अर्को कोठातिर लाग्छिन् ।
केहीबेरमा उनी हातमा एउटा गिलास लिएर आउँछिन् र भन्छिन्, “छोरी यो लेऊ, मेरो हातको मिठो सर्वत । याद छ सानोमा तिमी जति रिसाए पनि यो एक गिलास सर्बत देखेपछि सबै रिस गायब ।” उनले युवतीलाई यसरी फकाइन् मानौँ युवती युवती नभएर सानी नानी हो । ऊ ठुस्सिएर बसेकी छ अनि आमा उसलाई फकाउँदै छ । हातमा त्यो गिलास पर्नासाथ चमत्कार भए भैmँ युवती शान्त हुन्छिन् अनि एक हातले गिलास समाएर प्रौढालाई अँगालो हालेर रुन पुग्छिन् । दुवै आमाछोरीका आँखाबाट गङ्गाजमुना प्रवाहित हुन्छ । पलभरमा त्यो भेलले एकअर्काप्रतिको गुनासो बगाउँछ । मातृत्वको त्यो अनुपम पल त्यहाँ भएका देवमूर्तिले मात्र होइन बडो जतनले सजाएर राखिएको आकर्षक पुरुषको तस्बिरले पनि हेरिरहेको थियो । जसरी युवतीका मनमा असङ्ख्य प्रश्नको बाढी उर्लिरहेको थियो त्यसरी नै त्यो तस्बिरको पुरुषका आँखाहरू मानौँ लामो समयदेखि एउटा रहस्यको उद्घाटन चाहन्थे ।
आमाको अँगालोबाट छुट्टिएर युवतीले कोठाको अवलोकन गर्न थालिन् । जब उनका नजर त्यो पुरुषको तस्बिरमा परे तब उनी झम्टिँदै त्यसलाई हुत्याउन खोज्छिन्, “ममी ! तपाईं अभैm पनि यो मान्छेलाई यसरी सजाएर राख्नुहुन्छ ? म देख्न पनि चाहन्नँ... ।” प्रौढा हतारिँदै आएर उनको हात समाउँछिन् “छोरी ! त्यसो नभन । उनी त देवता हुन् । उनको कुनै दोष छैन । जे भयो त्यो मेरो आफ्नै रोजाइ अनि आफ्नै निर्णय हो... । उनको मप्रतिको समर्पण र प्रेमको कुनै सीमा छैन... ।” “तपाईं कस्ती नारी हो ममी ? यो उमेरमा सौता पाउनु तपाईंको रोजाइ ? सौतालाई घरमा भिœयाएर चुपचाप निस्केर जोगिनीको जीवन बाँच्नु तपाईंको रोजाइ ? अनि यस्तो एक्लो र विरक्तिको जीवन तपाईंको निर्णय ? ममी ! म त पागलै हुन लागेँ ।” युवती अब झनै आव्रmोशित भइन् । प्रौढा केही बोल्न खोज्दै थिइन् तर उनले बोल्ने मौका नै पाइनन्, “ममी ! आज पहिला मलाई बोल्न दिनुहोस् । म बोल्न चाहन्छु । तपाईंको सफाइ आपैmँसँग राख्नुहोस् । तपाईं जस्तो सतीसावित्रीले लोग्नको ढाकछोपबाहेक के नै जान्नुहुन्छ र ? मलाई त विश्वासै लागेको छैन मेरी सुशिक्षित आमा... ।” “छोरी पहिला मेरो कुरा त सुन् ।” के सुन्नु ? उही त हो “तिम्रो बाबा निर्दोष हुनुहुन्छ । अँ अनि त्यो रूपा आन्टी नि ! कस्ती नखरमाउली ? विधवा भएर पनि अझ यो उमेरमा पोइला नै जानु थियो त कुनै विधुर नै खोज्नु नि ! आफ्नै साथीको लोग्नेसँग... उफ् !” उनले लामो सुस्केरा हालिन र पुनः थचक्क बसिन् । प्रौढाको शान्त छवि केही धुमिल हुन पुग्यो छोरीको पछिल्लो वाक्यले किनकि उसको नजरमा जो सर्वाधिक निर्दोष थिई, उसैलाई आज सर्वाधिक दोपी देखाएकी छन् उनकै छोरीले । तलाउमा एकाएक तरङ्गित पानीलाई शान्त पार्न उनी पलभरका लागि मौन बस्छिन् । उनको मौनता सायद पर्याप्त भएन किनकि जसले त्यो स्थिर तलाउमा ढुङ्गा हानेको हो ऊ चुप लाग्ने मनस्थितिमा थिएन । “हेर्नुस् ममी ! तपाईंले जेसुकै भन्नुस् म न बाबालाई छोड्छु न त त्यो नखरमाउली रूपा... ।” छोरीको यस्तो आव्रmोश देखेर प्रौढालाई एकछिन् त के गरौँ गरौँ लाग्यो पनि बडो साहसका साथ भनिन्, “छोरी हिँड बाहिर शान्त ठाउँमा बसौँ । आज तिमीलाई म आफ्नो जीवनको त्यो यथार्थ सुनाउँछु जुन आजसम्म कसैलाई सुनाएकी छैन ।” आमाको उकुसमुकुस छोरीले नबुझ्ने प्रश्नै उठ्दैन । उनी विस्तारै आमाको पछि लागिन् ।
सन्ध्याको सङ्केतले पश्चिमी आकाश लालीमय बनेको हुन्छ । गुँड फर्कन आतुर पन्छीहरूको चिरिबिरीले वातावरण सङ्गीतमय पनि छ । बाटोछेउ लहरै रोपिएका धुपीका बोट, साथमा फुलेका रङ्गीबिरङ्गी पूmलले पनि होला युवती केही मोहित भइन् । परको एकान्त चौतारीमा उनीहरू बसे । पलभरको मौनता पनि युवतीलाई सह्य भएन र बोलिन “ममी ! यसरी नै बसिरहने कि केही भन्ने पनि ?” छोरीको कपाल मुसार्दै उनले बलै वाणी निकालिन्, “हेर छोरी ! विवाह गरेदेखि मेरो मनमा जुन गह्रुँगो भारी थियो त्यसलाई रूपाले उतारिदिइन् । त्यसैले म कृतार्थ छु उप्रति । ऊ मेरी सौता होइन सहृदयी साथी थिई र हो पनि ।” “के भन्नु हुन्छ ममी ? बिहेदेखिको भारी... तपाईं र बाबाको त निकै लामो प्रेमपछि बिहे भएको होइन र ?” “प्रेम, हो प्रेम । त्यो प्रेम त...।” वाक्य पूरा हुँदैन । तर आमा छोरीको संवाद चलि नै रहन्छ ।
आमाको भनाइलाई बिच बिचमा काट्दै छोरी प्रश्न तेस्र्याउँथिन्, “मेरो प्रेम अलौकिक थियो । शरीरबिनाको भोगको कामनारहित... ।” “अनि बिहे किन गर्नुभयो त ? सायद त्यो बिहे तिम्रो सृष्टिका लागि थियो सृष्टि ।” उनको नाम सृष्टि जसको सृष्टिका लागि प्रौढाले साँच्चै महाप्रलय नै झेलेकी थिइन् सायद उनमा सृष्टि–रचनाका लागि आवश्यक रसायनको कमी थियो । “आज एउटी आमा निर्लज्ज भएर भन्दै छु छोरी ममा भोगको इच्छा कहिल्यै भएन । यसको अर्थ यो होइन कि तिम्रो बाबालाई म प्रेम गर्दिनथेँ । अगाध प्रेम थियो र छ पनि । हरेक रात म उनको आकाङ्क्षा पूरा गर्न नसक्दा आफैँलाई धिक्कार्थें । प्रेमको आलिङ्गनमा म भित्रभित्रै उकुसमुकुस हुन्थेँ र प्रायः केही न केही बहानामा टाढिन्थे । मलाई उनीप्रति अन्याय भए भैmँ लाग्थ्यो । अपराधबोधले एकान्तमा छटपटिन्थे । थाहा छैन उनलाई के लाग्दो हो तर पनि उनका आँखाको अतृप्तताले केही त बताएको हुन्थ्यो ।” “त्यतिका वर्ष कसरी बिताउनुभयो तपाईंहरूले ? मलाई त सबै स्वाभाविक लाग्थ्यो... ।”
“यही अभिनयमा सायद थाक्दै थियौँ हामी तर पनि आपसमा कुनै गुनासो थिएन । तिमी पनि बिहे गरेर गयौ । एक दिन रूपाकहाँ गएकी थिएँ । तिमीलाई थाहा छ नि उनी मेरी कलेजकी मिल्ने साथी । सुन्दर मात्र होइन चञ्चल उनले चाँडै नै बिहे गरेकी तर दैव पनि कस्तो ! पाँच वर्षअघि पति गुमाएकी उनी भक्कानिँदै बोलिन्, “नेहा ! तिमी कति भाग्यमानी सदा पतिको साथ पाइरहेकी छ्यौ । मेरो त... ।”
“धैर्य गर साथी ! जीवनमा कहिले के हुन्छ थाहा छैन ।”
“कहिलेकाहीँ त अझै पनि अव्यक्त इच्छाले सताउँदोरहेछ साथी... ।” “उनले भन्न नसके पनि मैले प्रस्टै देखेँ उनका आँखामा त्यो प्यास । हो त्यही प्यास जुन वर्षौंदेखि तिम्रो बाबाको आँखामा देख्दै आएकी थिए ।” संवादले अतीतका पर्दाहरू उघार्दै जान्छ ।
नेहा र रूपाको सामीप्य र भेटघाट अहिले बाक्लिँदै छ किनभने कलेज जीवन सकिएपछि दुवै आआफ्नो पारिवारिक व्यस्ततामा अल्झेका थिए । उनीहरू दुवै कामकाजी महिला हुनाले आफ्ना विविध भूमिका निर्वाह गर्न नै सकस हुन्थ्यो । अहिले दुवैको जीवन उत्तरार्धतर्पm उन्मुख हुनाले, छोराछोरी आआफ्नै संसारमा व्यस्त भइसकेकाले पनि केही हलुका भएका छन् । रूपाको पछिल्लो अवस्था, अव्यक्त अभाव र छटपटीको अनुभूतिले नेहामा एउटा नयाँ आशाको सञ्चार गराएको छ । उनीहरू एकअर्काकहाँ आउनेजाने तथा नेहाको पतिसहित तीनै जना घुम्ने सिनेमा जाने क्रम पनि बढ्न थाल्छ । यसको अग्रसरता पनि नेहाले नै लिएकी हो । अतः उसका पतिले पनि यसमा आनाकानी गर्दैन । फेरि उनीहरू बिचको परिचय नयाँ पनि थिएन ।
सहरको प्रख्यात मलको सुविधा सम्पन्न सिनेमा हलमा तीनै जना निकै रोमान्टिक फिल्म हेर्न गएका तर आरम्भमा नै नेहालाई नराम्ररी टाउको दुख्यो र भनी, “सरी म आज तिमीहरूलाई साथ दिन सकिनँ । म गाडी लिएर घर गई आराम गर्छु । तिमीहरू ट्याक्सी लिएर आए है” भन्दै ऊ रूपाले आपूm पनि सँगै फर्कन राखेको प्रस्ताव अस्वीकार गरेर हिँडी । त्यसपछिका अन्य कार्यव्रmममा पनि नेहाको फोन आउँथ्यो र ऊ बिचैमा हिँड्थी । रूपाले प्रश्न गर्दा यार ! तिमीले त मेरो समस्या बुझ्छ्यौ नि म अलि व्यस्त छु क्या अभैm भनेर टारिदिन्थी । कहिले आफ्नो घरमा खाना खाने त कहिले रूपाका घरमा । यस्तै रमाइलो थियो र पनि नेहा बिच बिचमा कार्यव्रmम छोडेर हिँड्थी । पतिले सोध्दा कहिले त झर्कन्थी पनि “यतिका वर्ष सङ्गत गरेर पनि तिमी अझै मेरो व्यस्तता बुझ्दैनौ ?” एक दिन एकान्तमा रूपालाई सोधी, “साथी, नढाँटी भन न तिमीलाई सीमान्त कस्तो लाग्छ ?” आफ्नै पतिको बारेमा सोध्दा रूपालाई अलि अनौठो लागे पनि उसले आफ्नै मनलाई ढाँट्न भने सकिन र अनायासै बोली, “एउटी स्त्रीको चाहना अनि रोजाइ दुवै हो ऊ । यसबाहेक मसँग कुनै शब्द छैन ।” नेहाले बाँकी कुरा उसका अतृप्त आँखाबाट नै पढिसकेकी थिई ।
तिनीहरू अब यति नजिक भइसकेका थिए कि दुई भिन्न परिवार हुन् भन्ने भान नै थिएन । त्यो साँझ उनीहरू रूपाको घरमा थिए रातका खानाका लागि । अचानक नेहाको फोन बज्यो । क्षणभरमा नै उसले भनी “सरी ! हेर न, मेरो अफिसबाट इमर्जेन्सी कल आयो । म अलि बेरमा फर्किहाल्छु । तिमीहरू इन्ज्वाय गर्दै गर ल ।” कसैको प्रतिव्रिmया नै नपर्खी ऊ हिँडी । उनीहरूले सुने केवल उसको गाडीको घ्यार्र आवाज ! नेहा फर्कंदा अलि अबेर नै भएको थियो । ऊ सरासर बैठकमा पुग्दै थिई भित्रका जोडी एकअर्काको हात समातेर मग्न थिए, नराम्ररी झस्के । दुवैको अनुहारमा अपराधबोध प्रस्टै देखियो । गमलामा ताजा गुलाफ मुस्काइरहेका थिए । नेहाले एउटा रातो गुलाब झिकेर रूपाको केशमा घुसारिदिई ।
अर्को साँझ पुनः नेहाले रूपालाई आफ्नोमा बोलाई । अति नै कर गरेकी थिई त्यसैले ऊ आई । घरको सजावट र वातावरण निकै रोमाञ्चक देखिन्थ्यो । खानपिन चाँडै सकिने प्रबन्ध थियो सकियो । रमाइला गफमा तीनै जना रोमाञ्चित थिए । अनायास नेहाले भनी, “अँ एउटा कुरा भन्नै बिर्सेकी ! म त अहिले ९ बजेको फ्लाइटबाट बैङ्लोर जाँदै छु नि । अफिसको कामले । एक हप्तापछि आउँछु । ल अब अफिसको ड्राइभर गाडी लिएर आउनेबेला भयो । हाकिम साब पनि जाँदै हुनुहुन्छ । मैले त आफ्नो लगेज पनि तयार पारिसकेँ ।” यस्तैमा फोनको घण्टी बज्यो । आफ्नो लगेज उठाएर ऊ सरासर हिँडी । सन्नाटामा बाँकी थियो त उही घ्यार्रको आवाज ।
नेहा फर्केर आउँदा सीमान्त घरमा थिएन । होस् पनि कसरी उसलाई नेहाले आपूm आउँदै गरेको खबर नै दिएकी थिइन् । रात निकै छिप्पिएपछि ऊ फर्कंदा नेहाले देखी उसका आँखामा आश्चर्य मात्र थिएन असीम तृप्ति पनि । तर उनीहरूको सम्बन्धमा कुनै छिद्र भने देखिएन । पुनः उस्तै रमाइला केही दिनहरू बिते । त्यो साँझ फेरि सजिएको थियो नेहाको बैठक । खानपिन उस्तै र अन्त्यमा नेहाले कागजको एउटा मुठो फुकाएर अघि राखिदिई । दुवै जना यसरी झस्के मानौँ पैतालामुनिको जमिन भासिँदै छ “रूपा अनि सीमान्त ! मैले आज एउटा निर्णय गरेँ । जसको प्रतीक्षा वर्षौंदेखि थियो । म तिमीहरूको बिहे गराउन चाहन्छु... ।” वाक्य पूरा नहुँदै रूपा ग्लानिबोधले लगभग रुँदै बोली, “मलाई माफ गर साथी ! मैले अन्धवेग थाम्न सकिनँ र तिमीलाई धोका दिएँ ।”
“यो धोका होइन साथी । तिमीले आज मलाई अमूल्य उपहार पो दिएकी छौ मेरो सीमान्तको मरुभूमिमा प्रेमको वर्षा गराएर ।”
“यो के भनेकी नेहा ? सीमान्त तिम्रो प्रेम हो... ।”
“तर मेरो प्रेम अपूरो थियो– अधुरो किनकि त्यहाँ केवल मन–भावना मात्र थियो– तन र कामना थिएन ।”
सीमान्त ट्वाल्ल प¥यो, परि नै रह्यो मानौँ कुनै सपना देख्दै छ । नेहा पुनः बोली– “अब यसलाई पूरा गर्ने जिम्मा तिम्रो हो रूपा । मैले तिमीलाई आफ्नो पतिको यौनदासी बनाउन खोजेकी होइन, सच्चा प्रेमिका अनि पत्नी बनाउन चाहेकी छु । स्वीकार गर है ।” रूपाको हात मायाले समातेर भनेपछि रूपा यति मात्र बोली, “यो कसरी सम्भव छ साथी ? हाम्रा छोराछोरी, नाता, समाज, उप्m ।” “सबै आआफ्नो जीवन बाँचेका छन् । रमाइरहेका छन् र हामी पनि आफ्ना लागि बाँचौँ समाजका लागि होइन ।” “यो उमेर अनि अवस्थामा म... ।” बोली बन्द भयो । “नेहा ! तिमी पागल त भइनौ ?” सीमान्त यत्ति मात्र बोल्यो । “अहिलेसम्म पागल थिएँ एउटी पत्नी भएर तिमीलाई पत्नीसुख दिन नसक्दा । तिमीलाई अलपत्र छाडी आफ्नो इच्छित यात्रा र लक्ष्यतर्पm जान नसक्दा तर अब म पूरा होसमा छु । प्लिज ! सीमान्त, अब मलाई यो बन्धनबाट मुक्त गरिदेऊ । तिमीहरूले यो कानुनी विवाह मञ्जुर गर मेरै रोहबरमा । वकिल पनि तयार छन् ।”
समय फर्कंदै अतीतबाट पुनः वर्तमानमा आइपुग्छ । “हो छोरी, यो सबै मेरो योजना थियो । त्यसैले त मैले नै फोनको बहाना बनाएर उनीहरूलाई एकान्तमा छाडिदिन्थेँ या त बिरामीको बहानामा उम्किदिन्थेँ । रूपाको तिम्रो बाबाप्रति शरीरको मात्र होइन मनको पनि सम्बन्ध बन्न सक्ने अनि दुवै एकअर्काको पूरक बन्न सक्ने देखेर नै मैले त्यसो गरेकी हुँ ।” “ममी ! तपाईंलाई बुझ्न सक्ने क्षमता ममा छैन । तपाईंको मन केले बनेको छ ?” युवती चकित नै छन् । “केही होइन छोरी । मेरो विचारमा मानिस आफ्नो इच्छा, चाहना र खुसीमा बाँच्न पाउनु पर्छ । जीवन व्यवहार हो, भावना होइन । भावनामा जिउन खोज्नु अनि आफ्नो अनिच्छा र कमजोरीको सजाय अरूलाई दिनु भुल हो । मैले ढिलै भए पनि त्यो भुल सच्च्याएँ ।”
“के तपाईं दुःखी हुनुहुन्न ?”
“रत्तिभर छैन किनकि मैले पनि त आफ्नो खुसी पाएकी छु । म रुक्मिणी होइन, राधा बन्न चाहन्थेँ र आज बनेकी छु । मैले चाहेको मेरो अन्तिम गन्तव्य यही हो । त्यसैले त मैले विदेश जाने बहानामा यो आश्रममा आएर समय बिताएँ । यहाँ लगानी गरेँ, आफ्नो स्थान सुरक्षित गरेँ । हेर आज यहाँ म परम आनन्दमा छु ।” बडो जतनले सजाएको कृष्णको मूर्तिमा ताजा माला लगाइदिँदै उनले भनिन् ।”
“ए ! कुरा यस्तो पो रहेछ ।” यो आवाजले आमाछोरीको ध्यान भङ्ग गरायो । ढोकामा सीमान्त र रूपा कतिबेलादेखि उभिएका हुन् थाहै नपाएका ।
“हामीले पनि छोरीलाई पछ्याउँदै तिम्रो दर्शन गर्ने मौका पायौँ तिमी त देवी हौ नेहा ।” यो भनाइ रूपाको हो ।
“म एक साधारण मानिस हुँ । देवता त केवल उनै परमात्मा हुन् । ए ! आऊ न बस ।” दुवैलाई भित्र डाकिन् । अर्को कोठामा गएर आइन् । क्षणभरमा नै एउटी अधबैँसेले पेय तथा फल ल्याइन् । “हामी जोगीको कुटीमा यसैले त आतिथ्य गर्ने हो” भन्दै नेहा हाँसिन । सीमान्त गम्भीर हुँदै बोले, “के तिमी अब घर नफर्कने ?”
त होइन बरु तिमीहरू पनि भौतिक प्रेमले यदि पूर्ण भएछौ भने त्यो दिन यहीँ आउन सक्छौ । सदा स्वागत गर्ने छु ।”
“होइन, यो तपाईंहरूको कस्तो प्रेम हो ? मैले त केही पनि बुझिनँ ।” सृष्टि अर्थात् छोरीको प्रश्न ।
“अपरिभाषित प्रेम ।” नेहाको जवाफसँगै आकाशमा पूर्ण चन्द्र देखियो । मन्दिरमा शङ्ख घण्टको ध्वनि र धूप–दीपको सुगन्ध पैmलियो ।