• १३ असोज २०८१, आइतबार

सापकोटा र राईलाई पुरस्कार

blog

काठमाडौँ, फागुन ४ गते । नइ प्रकाशनले २०७९ सालको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्राज्ञ भारत आसामका नव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । यसै गरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषा साहित्यको भारत दार्जिलिङका स्नेहलता राईलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । 

दुवै पुरस्कार नेपाली भाषा साहित्यमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ट नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ । इन्दिरा प्रसाईको अध्यक्षतामा बिहीबार बसेकोे बैठकले सो निर्णय गरेको हो ।