• ५ असार २०८२, बिहिबार

बिग ब्यास लिग : सन्दीपसहित ६ खेलाडी नै ‘अनसोल्ड’

blog

सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौँ, असार ५ गते । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा रहेका नेपालका सन्दीप लामिछानेसहित ६ नै जना खेलाडी ‘अनसोल्ड’ हुनुभएको छ ।

बिहीबार भएको अक्सनमा कुनै पनि टोलीले नेपाली खेलाडीलाई नलिएको हो । नयाँ सिजनको ड्राफ्टमा नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद हुनुहुन्थ्यो ।

सन्दीपले यसअघि दुई संस्करण मेलबर्न स्टार्स र एक संस्करण होबर्ट हुरिक्यान्सबाट बिबिएल खेल्नुभएको थियो । बिबिएलको ड्राफ्टमा १९ देशका चार सय ४० खेलाडी समावेश थिए ।