काठमाडौँ, असार ५ गते । एक करोड पन्ध्र लाख रुपियाँको रकम बिनाको खाली चेक दिएर ठगी गर्ने वीरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोक ८ परिवर्तित चौतारा साँगाचोकगढी ११ घर भई हाल भक्तपुर सुर्यविनायक ५ कटुन्जे बस्ने ४० वर्षीय खत्रीलाई भक्तपुर सुर्यविनायक ५ कटुन्जेबाट पक्राउ गरेको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्य जानकारी दिनुभयो ।
नेक्स्ट डोर कन्स्ट्रक्सन प्रालिलाई रकम बिनाको चेक दिएर ठगी गरेको थियो । नेक्स्ट डोर कन्स्ट्रक्सन प्रालिले दिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतबाट मिति २०८१ साउन २५ गते सोही रकम र दुई वर्ष कैद फैसला गरेको थियो ।
प्रहरीले उनलाई बुधबार पक्राउ गरी थप कारबाही अघि बढाउन फैसला कार्यान्वयनका लागि सम्मानित काठमाडौँ जिल्ला अदालत पठाइएको छ ।