• १३ असोज २०८१, आइतबार

राष्ट्रपतिद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन

blog

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौँ, फागुन ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबिच उद्घाटन गर्नुभयो । क्यानभासमा रङ्ग लगाएर राष्ट्रपति पौडेलले पौडेलले उद्घाटन गर्नुभएको हो । सो अवसरमा त्यहाँ राखिएका चित्रकलाको राष्ट्रपति पौडेलले अवलोकन पनि गर्नुभयो ।

कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुगेको जनाइएको छ ।


नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत् चित्रकला प्रदर्शनी यहाँ गरिएको हो । यस्तो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिङ्गो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउने काममा योगदान पुग्ने बताइको छ  ।