• १३ असोज २०८१, आइतबार

सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

blog

काठमाडौँ, फागुन २ गते । नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका प्राज्ञ नव सापकोटा र दार्जिलिङकी स्नेहलता राईलाई प्रदान गर्ने भएको छ । 

प्रकाशनले नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍य ाउनुहुने प्राज्ञ सापकोटालाई समर्पण गर्ने निर्णय गरेको हो । यस पुरस्कारमा दुई लाख रुपियाँ र ताम्रपत्र छ ।

यस्तै नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशी एक लाख रुपियाँ र ताम्रपत्र छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार बसेको नइ प्रकाशनको बैठकले उक्त पुरस्कारको निर्णय गरेको हो । याे पुरस्कार हरेक वर्ष नेपाली भाषा साहित्यमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई समर्पण गरिँदै आएको छ ।