पन्धौँ शताब्दीको प्रारम्भमै लेखिएको मैथिली कविकोकिल महाकवि विद्यापतिकृत पुरुष–परीक्षा संस्कृत भाषाको कथासङ्ग्रह मात्र नभई इतिहासको सङ्गालोसमेत हो । उक्त कथासङ्ग्रहको नेपाली संस्करण हालै पाठकसामु आएको छ । महाकवि विद्यापतिकृत पुरुष–परीक्षालाई साहित्यकार धीरेन्द्र प्रेमर्षिले जसरी नेपाली भाषामा अनुवाद गर्नुभएको छ, यो निकै महनीय कार्य हो । पुरुष–परीक्षाका माध्यमबाट नेपाली साहित्य जगत्ले १५ औँ शताब्दीको इतिहासमा समेत टहल्ने मौका पाएको छ ।
इतिहासका घटनाहरूलाई कथानकको स्वरूप दिई तयार पारिएको कथासङ्ग्र्रह पुरुष–परीक्षाभित्र पुरुष तìवको खास अर्थ र पुरुषार्थको परिभाषाबारे सरल ढङ्गले विश्लेषण गरिएको छ । यो पुरुष लिङ्गको मानिसलाई बुझ्नका लागि होइन कि पुरुषार्थ बुझ्नका लागि पठनीय कृति छ । यसमा पुरुष प्रकृति, पुरुष गुण, पुरुष चरित्रको गहन विवेचना गरिएको छ । स्त्री प्रकृति र पुरुष प्रकृति जो सृष्टिका कारक, कर्ता र भोक्ता हुन, तीनै गुणसँग सम्बन्धित कृति हो, पुरुष–परीक्षा ।
कृतिमा कथाकार विद्यापतिले पुरुष–परीक्षालाई चार खण्डमा विभक्त गरेका छन् । पहिलो खण्डमा वीरताका कथा, दोस्रो खण्डमा बुद्धिमत्ताका कथा, तेस्रो खण्डमा विद्वताका कथा र चौथो खण्डमा पुरुषार्थका कथा छन् । पुरुषार्थभित्र पनि धर्म अर्थ काम मोक्ष गरी पुरुषार्थ चतुष्टयसमबद्ध कथाहरू राखेका छन् । सङ्ग्र्रहमा जम्मा ४४ वटा कथा समेटिएका छन् ।
पुरुष–परीक्षाको कथासार
राजा पारावारको पारिवारिक मामिलामा ऋषि सुबुद्धि र राजा पारावारबिचको रोचक संवाद नै पुरुष–परीक्षा कथागर्भ हो । राजा पारावारकी सुशील एवं सुन्दर सुपुत्री पद्मावतीको विवाहका लागि सुयोग्य वर खोज्न राजालाई पिर प-यो । राजाले उपयुक्त वर कसरी खोज्ने ? उपयुक्त पुरुष कुन हो ? पुरुष प्रकृतिको लक्षण कस्तो हुन्छ भनी ऋषि सुबुद्धिलाई सोध्नुभयो । राजा पारावारको आदेशपछि ऋषि सुबुद्धिले पुरुष प्रकृति, पुरुष गुण एवं उपयुक्त पुरुषको लक्षणका विषयमा बताउनुभयो, जसमा ऐतिहासिक एवं प्राकृतिक महìवका विषय, सामाजिक सांस्कृतिक महìवका विषय तथा दक्षिणी नेपाल र दक्षिण भारतका प्रसिद्ध क्षेत्रहरूमा विद्वान् पुरुषले गरेका कार्यहरूको उदाहरण दिइएको छ । अतः पुरुष प्रकृति एवं पुरुष गुणलाई कसरी चिन्ने ? पुरुषको छनोट गर्दा उपयुक्त पुरुष कसरी ठम्याउनेलगायत विषयका साथै पुरुष गुणहरूसँग सम्बन्धित विषयवस्तुको अध्ययन नै पुरुष–परीक्षा कथासङ्ग्र्रह हो ।
यस पुस्तकभित्र समाहित गरिएका विषयवस्तुका आधारमा के भन्न सकिन्छ भने यो पुस्तक कुनै पुरुष व्यक्तिको गुणहरूको मात्र नभई समग्र पुरुष प्रकृतिको लक्षणमा आधारित छ, जसले इतिहासका महत्तम घटनाहरूलाई नियालेको छ । त्यस बखतका काशीराज, विव्रmमादित्य, दक्षिणी नेपाल क्षेत्रका सम्राट नान्यदेव र उहाँका छोरा मल्लदेवलगायतका राजाहरूको इतिहाससँगै विद्वान् पुरुषको इतिहासलाई समेत सूक्ष्म ढङ्गले विवेचना गरी ऐतिहासिक दस्ताबेजका रूपमा विद्यापतिले राजा पारावारलाई दिएको सुझाव नै पुरुष–परीक्षा हो ।
पुरुष र पुरुष प्रकृति एवं पुरुष स्वभावका विषयमा हाम्रो समाजमा धेरै टीकाटिप्पणी हुने गरेको पाइन्छ । खासमा पुरुष स्वभावको लक्षण के हो ? यो महìवपूर्ण प्रश्न हो । यसको जवाफ पुरुष–परीक्षा कथासङ्ग्र्रहभित्र छ । पुरुषको गुणस्तर, पुरुषत्व र पुरुषार्थका विविध आयामका विषयमा गहिरो अन्वेषण एवं अध्ययन गर्ने र जीवनमा पुरुषार्थको बोध गराउन सक्ने कथासङ्ग्रह पुरुष–परीक्षा ऐतिहासिक कथासङ्ग्रह मात्र नभई वर्तमान समयमा पुरुषको परीक्षा गर्न सक्ने शास्त्रसमेत हो ।
मानव जीवनको प्रकृति मुख्यतया दुई रूपमा समाहित छ । स्त्री प्रकृति र पुरुष प्रकृति । यहाँ पुरुष प्रकृतिको चर्चा गरिँदा यस कथासङ्ग्रहका माध्यमबाट समाजमा पुरुष रूपधारी व्यक्ति र वास्तविक पुरुषको बिचमा रहेको भेद पत्ता लगाउन सकिन्छ । यस पुस्तकभित्र समावेश भएका लक्षणहरूले सुशोभित व्यक्ति नै पुरुष हो । पुरुष रूपधारी व्यक्ति सबै पुरुष नहुन सक्छन । हो त्यस प्रकारका पुरुषको परीक्षा गर्नसमेत सजिलो छैन, जो वीर होस्, जसको बुद्धि धीरज होस्, जसले उपयुक्त विवेकको प्रयोग गर्न सक्ने विद्या प्राप्त गरेको होस् । वास्तविक पुरुषमा प्रमुख रूपमा वीरता, बुद्धि, विद्याको संयोजन रहेको हुन्छ । उल्लेखित विषयहरूमा नभएको व्यक्ति पुरुष हुन सक्दैन, ऊ केवल पुरुष आवरणमा सजिएको मनुष्य मात्र हुन सक्छ । यस प्रकारले पुरुष–परीक्षा कथासङ्ग्र्रहले पुरुषलाई परिभाषित गरेको छ ।
वीरता के हो ? बुद्धि के हो ? विद्वता कस्तो हुन्छ ? पुरुषार्थको औचित्य के छ ? यस्ता प्रश्नहरूको जवाफमा राजा पारावार र विद्वान् ऋषि सुबुद्धिका बिचको त्यो रोचक संवाद आजका दिनमा समेत नूतन संवाद हो जसले पुरुषको परीक्षा लिन मद्दत गर्दछ । यो कृति समय सापेक्ष झन्झन् नूतन बन्नेमा दुईमत नै छैन । वर्तमान समयमा पुरुषाभास र पुरुषबिचको अन्तर जुन छ त्यसलाई चिन्नका लागि समेत यो कृति समयोपयोगी साधन बन्ने छ । पुरुषमा हुनुपर्ने चार प्रकारका वीरतामा–दानवीर, दयावीर, युद्धवीर र सत्यवीर पर्दछन् । यसलाई प्रस्ट्याउनका लागि प्राचीन उदाहरणहरूका आधारमा धर्मराज युधिष्ठिर सत्यवीर थिए जो जस्तोसुकै परिस्थितिमा समेत झुटो बोल्दैन थिए । राजा हरिश्चन्द्र दानवीर थिए । यस्तै राजा शिवी दयावीर थिए र अर्जुन युद्धवीर थिए । हो यसै प्रकारका लक्षणयुक्त व्यक्ति पुरुष हो । यीमध्ये कुनै एक वीरताले भरिपूर्ण हुनु पुरुषको पहिलो गुण हो ।
अज्ञानतामा समेत ज्ञान प्राप्त गर्न सक्ने, कठिन परिस्थितिको सामना सजिलै गर्न सक्ने, मेधावी र प्रतिभावान गुणहरूले युक्त बन्नु पुरुषको अर्को गुण हो । निरन्तर विद्याध्ययनमा लाग्नु, शस्त्र र शास्त्र विद्याले निपुण बन्नु, अन्तिम अवस्थासम्म पनि प्रयासरत रहनु तथा निराशामा समेत आशा देख्न सक्नु पुरुषको तेस्रो गुण हो । वीरता, बुद्धि र विद्वताको समुचित प्रयोग गर्न सक्नु, धर्माचरण गर्नु, धर्म, अर्थ, काम, मोक्षको मार्गलाई नियमित रूपमा अङ्गाली राख्नु पुरुषको चौथो गुण हो । यसैलाई पुरुषार्थ भनिन्छ । यी कुरा पुरुषका लागि मात्र नभई पुरुषको परीक्षा गर्न र उत्तम पुरुषको छनोट गर्ने सवालमा अझ बढी महìवपूर्ण हुन्छ ।
नाम सुन्दा केवल पुरुषका लागि हो भन्ने आभास हुने पुरुष–परीक्षाले पुरुष वर्गको परीक्षा मात्र गर्दैन बरु पुरुष चिनाउनका लागि मद्दत गर्दछ । यसले हजारौँ वर्षदेखि समाजले बोकेको सामाजिक आस्थाको वैज्ञानिक पक्षलाई समेत पृष्ठपोषण गरेको छ र विकृत पक्षलाई संहारतर्फ डो-याएको छ । यस कृतिभित्र भएका तथ्यहरूले मानिसलाई मानवताको उच्चतम बिन्दुसम्म सोच्न बाध्य गराउँछ भने दुर्मतिलाई मानव मस्तिष्ककै माध्यमबाट सुमतिमा परिणत गर्ने चेष्टा गर्दछ । मिथक जस्ता लाग्ने तर वास्तविक ऐतिहासिक घटनाहरूको दस्ताबेज पुरुष–परीक्षा १५ औँ शताब्दीको सुरुवातमा रचिएको भए तापनि यो साहित्यका हिसाबले र मानव मस्तिष्कको परिचय गराउने सवालमा भर्खरै रचित नवीन कृति हो, जो अहिले पनि कतिपय कोणबाट सामयिक र सान्दर्भिक प्रतीत हुन्छ ।