काठमाडौँ, असार २ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ सम्पन्न भएको छ । उत्सवका संयोजक तथा प्रतिष्ठानका उपकुलपति शम्भु राईले अल्पसङ्ख्यकका सङ्गीतलाई उत्सवमा प्राथमिकता दिएको बताउनुभयो ।
उत्सवमा भक्तपुरको भैल प्याखःको भैरव नाचे, कर्णाली प्रदेशबाट झ्याउरे नृत्य, गुरुङ समुदायका युवतीद्वारा एकल वा सामूहिक रूपमा प्रस्तुत भएका थिए । उत्सवमा कोशी प्रदेशमा बसोबास गर्ने आठपहरिया राई जातिका कलाकारले च्याब्रुङ (ढोल) नाच र ‘माखन्डासे...’ गीत प्रस्तुत गर्नुभयो । आफ्ना इष्टदेव वराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा र फुङाहाङ देवको आराधना गर्दै कहिले सुस्त, कहिले तीव्र, गोलाकार शैलीमा महिला पुरुषले नाचिने यो नाच दर्शकका लागि रोचक रह्यो ।
कार्यक्रममा सात प्रदेशका १५ प्रस्तुति रहेको थियो । अन्तिम दिन कवि लक्ष्मी मालीको ‘आमा तिम्रो नाम के हो ?’ कवितालाई वीरेन्द्र हमालले निर्देशन तथा नाट्य रूपान्तरण गरी प्रस्तुत गर्नुभभएको थियो । उत्सवमा लुम्बिनी प्रदेशबाट लालमाया बुढामगरको टोलीले लोकनाट्य शैलीमा प्रस्तुत गरेको डिग्री पैसरी र लस्के नृत्य विशेष रह्यो ।