• २६ असार २०८२, बिहिबार

पाकिस्तानका 'बौद्ध सम्पदाहरु'को लोकार्पण

blog

केदार भट्टराई

काठमाडौं, असार २६ गते । पाकिस्तानका विभिन्न क्षेत्रमा रहेका बौद्ध सम्पदाहरुको चिनारी गराउने पुस्तक पास्तिानका बौद्ध सम्पदाहरु लोकार्पाण गरिएको छ । 

काठमाडौंस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको कार्यव्रmममा ओमचरण अमात्यद्वारा लिखित उक्त पुस्तक प्रतिनिधि सभाका सदस्य भीमप्रसाद आचार्य, नेपालका लागि म्यानमारका राजदूत यु म्यो मिन्ट माउङ र श्रीलङ्काका चार्ज डी अफेयर्स चमीरा मुनासिङघे, नेपालका लागि पाकिस्तानका राजदूत अब्राहर एच. हास्मी र लेखक अमात्यले लोकार्पण गर्नुभयो ।

त्यस अवसरमा पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवद्र्धनका राजदूत ए. इमरान शौकतले भर्चुअल रूपमा सम्बोधन गर्दै पाकिस्तानको बौद्ध सम्पदाको प्रवद्र्धन गर्दै पर्यटल प्रबद्र्धनमा पाकिस्तान सरकार कार्यरत रहेको जानकारी दिनुभयो । 

सांसद भीम आचार्यले सांस्कृतिक सम्पदाको महत्वलाई दुई देशबिचको जनसम्पर्कको एउटा महत्वपूर्ण पक्षका रहेको चर्चा गर्नुभयो । उहाँले बौद्ध सम्पदालाई पाकिस्तान र नेपाल दुबै देशको साझा विरासतका रूपमा वर्णन गर्दै बौद्ध धर्म अवलम्बन गर्ने देश र जनताले त्यसको फाइदा लिने उल्लेख गर्नुभयो । सांसद आचार्यले सांस्कृतिक सम्पदालाई अझ प्रवर्धन गर्न जनस्तरको पुस्तकका लेखक ओमचरण अमात्यले आफ्नो पाकिस्तानमा रहेका पूजनीय बौद्ध स्थलहरू, नेपालसँगको तिनीहरूको सम्बन्ध र विश्वभरका नेपाली र बौद्ध धर्मावलम्बीका लागि आध्यात्मिक र सांस्कृतिक मूल्य र मान्यताको सम्भावना उजागर गर्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले आफ्ना सांस्कृतिक सम्पदामा पाकिस्तानले गर्व गर्ने गरेको र तिनलाई संरक्षण गर्दै बुद्धका अनुयायी तथा पर्यटकहरूसँग भावनात्मक रूपमा साझेदारी गर्ने बताउनुभयो । उहाँले पाकिस्तान र नेपालबिचको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने सूक्ष्म कामका लेखक अमात्यको पहलको प्रशंसा गर्दै पुस्तकले नेपाली पाठकसम्म पुग्न र अनुसन्धान, तीर्थयात्रा र अन्य यात्राका लागि पनि सन्दर्भका रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।