काठमाडौँ, जेठ ५ गते । प्रधानन्यायाधीशका रूपमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मङ्गलबार संसदीय सुनुवाइपछि समितिबाट उहाँको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले २०८३ वैशाख २४ गते सिफारिस अनुसार डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको जानकारी दिनुभयो
सभापति श्रेष्ठले भन्नुभयो, ‘संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम सर्वसम्मत अनुमोदन गर्ने निर्णय भएको छ ।’
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भएको हो । समितिले मङ्गलबार बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।