• ६ जेठ २०८१, आइतबार

हिसाब

blog

निबार । उसकी श्रीमती र केटाकेटी बजार जान भनेर हिँडे । फर्किन कम्तीमा तीन चार घण्टा लाग्छ । ट्राफिक जामले गर्दा उसको घरदेखि बजार पुग्नै एक घण्टा लाग्छ । फर्किन अर्को एक घण्टा । बजारमा केटाकेटीको रोजाइ अनुसारका सामान छान्दै किन्दै गर्दा कम्तीमा दुई घण्टा लाग्ला । यसरी मोटामोटी चार घण्टा लाग्ने हिसाब ग-यो उसले । 

यो चार घण्टाको शान्त समयको सदुपयोग गर्ने विचार ग-यो उसले । के गर्ने त ? किताब पढ्ने ? केही लेख्ने ? गीत–सङ्गीत सुन्ने ? अस्तिदेखि नगरेको सेयर किनबेचको हिसाबकिताब गर्ने ? कि आनन्दले सुत्ने ? यसरी थुप्रै विकल्प सोच्दासोच्दै अन्त्यमा उसले अस्तिदेखि नगरेको सेयर किनबेचको हिसाबकिताब गर्ने निधो ग-यो । विकल्प जति भए पनि आखिर मान्छेको प्राथमिकता अर्थमै केन्द्रित हुने रहेछ ।

ऊ सामान्यतः एउटा निजी कम्पनीको कर्मचारी हो । अझ भन्नैपर्दा एउटा निजी कम्पनीको एउटा विभागको हाकिम हो । त्यसबाहेक ऊ अलिकति लेखक पनि हो । अनि सेयर लगानीकर्ता पनि हो । उसलाई विशेष गरी आख्यानका किताब पढ्न रुचि छ । ऊ आफैँ पनि कहिलेकाहीँ कथाहरू लेख्छ । देशका प्रतिष्ठित पत्रपत्रिकाहरूमा उसका कथा छापिँदै आएका छन् ।

अनि सानोतिनो लगानीकर्ताको हैसियतले कहिलेकाहीँ सेयरबजारको रातो र हरियो रङ्गमा पनि भुल्याउँछ आफूलाई । त्यही रातो र हरियो रङ्गको जोडघटाउबाट नाफा र घाटाको हिसाब पनि निकाल्छ । नाफा भएको दिन ऊ खुसी हुन्छ । घाटा भएको दिन दुःखी । नाफा र घाटामा खुसी र दुःखी हुनु मानवीय स्वभाव नै हो । नाफा भएको दिन उसको साँझ रङ्गीन हुन्छ । परिवारमा पनि खुसीयाली छाउँछ । किनभने ऊ नाफा भएको दिन त्यो नाफा केटाकेटीलाई बाँड्छ, केटाकेटीका लागि केही खुसीका चिजहरू ल्याइदिएर । दुःखी भएको दिनचाहिँ ऊ श्रीमती र केटाकेटीसँग पनि कम बोल्छ । श्रीमती र केटाकेटीका कुरा पनि कम सुन्छ । उसको यो बानी उसकी श्रीमती र केटाकेटीले बुझिसकेका छन् ।

आज घरमा एक्लै भएको मौकामा उसले अस्तिदेखि नगरेको सेयरबजारको त्यही रातो र हरियो रङ्गको जोडघटाउ गर्ने निधो गरेर उसले ल्यापटप खोल्यो । उसलाई टेबुलमा बस्न पनि मन लागेन । खाटमै बस्यो । सर्ट र पाइन्ट लगाएर खाटमा बस्न असजिलो भएकाले सर्ट र पाइन्ट फुकालेर गन्जी र ट्राउजर मात्रै लगाएर बस्यो । 

सेयरबजारको रातो र हरियोको रङ्गीन संसारभित्र पसेर आफ्नो सेयर खरिद र बिक्रीको जोडघटाउ गर्नै लाग्दा डोरबेल बजेको सुन्यो । ‘को आयो फेरि डिस्टर्ब गर्नलाई’ यसो भन्दै ऊ ढोका खोल्न पुग्यो । ढोका खोलिसकेपछि उसले एउटी कताकता चिनेचिने जस्तो र देखेदेखे जस्तो लाग्ने महिलालाई ढोकैसामुन्ने उभिरहेको देख्यो ।

परिचय र कामको कुरा नहुँदै त्यो महिला घरभित्र पसी । न उसले भित्र आउने आग्रह गरेको थियो, न त त्यो महिलाले नै भित्र आउनका लागि अनुरोध नै गरेकी थिई । बिनाअनुरोध र बिनाअनुमति ऊ आफैँ घरभित्र पसेको देखेर उसलाई अचम्म लाग्यो । मनमनै रिस पनि उठ्यो त्यो महिलाको असभ्यपन देखेर । भित्र पसेर ढोका लगाइसकेपछि त्यो महिलाले भनी, “सरले चिन्नुभएन मलाई ? म उही चरित्रहीन आइमाई !” 

‘चरित्रहीन आइमाई ।’)अरूले होइन, त्यो महिलाले आफूले आफैँलाई भनेकी । सुनेर ऊ छक्क प-यो । 

चरित्रहीन आइमाई भनेपछि उसले सम्झ्यो विगतलाई । झन्डै छ–सात वर्षअघि उसको अफिसमा उसकै विभागमा एउटी महिला सहायक पदमा काम गर्थी तर त्यो महिला अफिसरभन्दा कमकी थिइनँ । त्यसको बोलीचाली, त्यसको हाउभाउले त्यसलाई कसैले पनि सहायक कर्मचारी भन्न सक्दैनथे । व्यवहारमा त्यो महिला अलि बढी नै फरासिली थिई अर्थात् खुला थिई । जोसँग पनि हाँस्ने–बोल्ने र ख्यालठट्टा पनि गर्थी । मस्केर बोल्ने त त्यसको बानी नै थियो । कहिलेकाहीँ कर्के आँखाले पनि हेर्थी । पुरुषले बोलेका आपत्तिजनक कुराहरूलाई पनि सहजै पचाइदिन्थी । त्यसको चरित्रमा धेरै जनाले शङ्का गर्न थालेका थिए । अफिसका धेरै कर्मचारीसँग त्यसको नाम जोडिइसकेको थियो । यस्तो चरित्रको मान्छे अफिसमा राखिराखे एउटा विभागको मात्रै होइन, सिङ्गै अफिसकै बदनाम हुन्छ भन्ने निर्णय गरेर उसले नै त्यो महिलालाई जागिरबाट निकाल्न लगाएको थियो । त्यो महिला आफूलाई निकाल्नमा उसैको दोष रहेको भन्दै सुरुमा केही अनुरोध र बिन्तीभाउ अनि पछिचाहिँ उसलाई गाली र चुनौती दुवै दिँदै अफिसबाट निस्केकी थिई । त्यो महिलालाई आज अकस्मात् आफ्नै घरको दैलामा देखेर ऊ प्रतिव्रिmयाविहीन भएर त्यसलाई हेरिरह्यो । 

ऊ प्रतिव्रिmयाविहीन भएको देखेर त्यो महिला आफैँ बोल्न थाली, “सरको अफिसमा काम गर्दा पुरुषहरूसँग धेरै नजिकिएर हाँस्ने–बोल्ने र ख्यालठट्टा गर्ने गर्दा मलाई चरित्रहीनको आरोप लगाएर सरले नै मलाई जागिरबाट निकाल्न लगाउनुभएको थियो नि । हो, म त्यही महिला हुँ ।”

“अनि किन आयौ त यहाँ ?” 

“जे भए पनि तपाईं चिनेको मान्छे । आपत् पर्दा सहयोग माग्न चिनेकै मान्छेकहाँ जानू भन्छन् । त्यसैले तपाईंसित केही माग्न आएकी तर नडराउनुस्, म त्यो गुमिसकेको जागिर फेरि माग्न आएकी चाहिँ होइन है । तपाईंबाट केही सहयोग माग्न आएकी ?”

“कस्तो सहयोग ?” “आर्थिक सहयोग । मलाई तत्काल केही रकमको आवश्यकता परेको छ । मेरो श्रीमान्लाई क्यान्सर भएको छ । अहिले क्यान्सर अस्पतालमा भर्ना गरेर राखिएको छ । उपचार भइरहेको छ । उपचार महँगो रै’छ, तर जीवन सस्तो । त्यही सस्तो जीवनलाई बचाउन सकिन्छ कि भनेर म सहयोग माग्दै हिँडेकी छु । लोग्ने भएन भने त चरित्रहीनको आरोप झन् बढी लाग्न सक्छ नि होइन र सर ?” त्यो महिलाले उसँग सहयोग माग्दामाग्दै पनि उसलाई व्यङ्ग्य प्रहार गर्न भने छोडिन ।

कसरी पत्याउने त्यो स्वास्नीमान्छेको कुरा ? ऊ एकछिन विगत र आगतमा ओहोरदोहोर गरिरह्यो । उसलाई त्यो महिलाको कुरा पत्याउनलायकको लागेन । त्यसले ढाँटिरहे जस्तो लाग्यो उसलाई । लोग्नेको उपचारका लागि एउटी महिला घरघरमा पुगेर आर्थिक सहयोगको याचना गर्दै हिँड्ने तरिका पनि उसलाई ठिक लागेन । जटिल खालका रोगका बिरामीलाई सरकारले आर्थिक सहयोग गर्ने कुरा त्यो महिलालाई किन थाहा भएन भन्ने कुरा उसको मनमा खेलिरह्यो ।

त्यो महिला यताउता पल्याकपुलुक हेर्दै थिई । किन–किन उसलाई त्यो महिलाको चाला निको लाग्दै लागेन । उसको चाला देखेर घोव्रm्याएर बाहिर निकाल्दिऊँ जस्तो नलागेको पनि होइन तर बात लाग्ने डरले उसले महिलामाथि हात हाल्ने आँट गर्न सकेन । बरु उसलाई छिट्टै त्यहाँबाट भगाउनु उचित होला भन्ने सोच्यो उसले । ‘मैले कति सहयोग गर्नुप¥यो त ?” त्यो महिलाको मुखैमा ताकेर उसले भन्यो ।

“सर त्यति ठुलो अफिसको त्यति ठुलो विभागको हाकिम । कमसेकम एक लाख रूपियाँसम्म त दिनूस्न । सके तिरुँला, नसके यो ज्यान छँदै छ ।” त्यो महिलाले उसँग ढेसिन खोज्दै भनी । “कस्ती लाज पनि नभएकी आइमाई । त्यसको पोइले राख्न दिएको छ र खुरुक्क एक लाख रुपियाँ झिकेर दिनलाई । माग्न पनि कति सकेकी एक लाख रुपियाँ रे ! अनि सके तिरौँला नसके यो ज्यान छँदै छ भनेर के भन्न खोजेकी ? अझै आफ्नो ज्यानको घमण्ड छ त्यसलाई ?” मनमनै यस्तो सोच्दै उसले भन्यो, “त्यति पैसा त म दिन सक्दिनँ । एक दुई हजार रुपियाँले हुन्छ भने दिन सक्छु ।”

“यति ठुलो हाकिमले जाबो एक लाख रुपियाँ पनि दिन सक्दैन ? खुरुक्क दिनूस् । नत्र... ! “त्यो महिला अनुरोधबाट धम्कीमा ओर्लिन थाली ।

“नत्र... के ?” कल्पनै नगरेको धम्कीबाट थोरै उत्तेजित भयो ऊ ।

“गुहार... गुहार... । बचाऊ... बचाऊ... ।”

एकैछिनमा टोलका मान्छेहरू उसको घरको आँगनमा भेला भए । बाटो हिँड्ने बटुवाहरू पनि रोकिएर तमासा हेर्न थाले । उसको जिउमा गन्जी र ट्राउजर मात्रै थियो, जुन उसले अघि खाटमा बसेर ल्यापटप चलाउन सजिलो हुन्छ भनेर लगाएको थियो । त्यो महिलाको कपाल जिङरिङ्ग थियो । ब्लाउजको बाहुला च्यातिएको थियो । गालामा डाम थियो । सारी फुस्किएलाझैँ थियो । स्थिति यस्तो थियो कि ऊ बलात्कारी जस्तो, अनि त्यो महिला बलात्कृत जस्तो ।

“यो मान्छेले मलाई आफ्नै घरमा बोलाएर बलात्कार ग-यो ।”

“यो आइमाई सरासर झुट बोल्दै छे ।” 

भिडले उसको होइन, त्यो महिलाको कुरा पत्याए । त्यसको हुलियाले नै पत्याउन कर लाग्यो । उसले भने केही बोल्न सकेन । उसले केही बोल्नै भ्याएन । मान्छेहरूले पुलिस बोलाए । एक भ्यान पुलिस आए र उसलाई बलात्कारी भनेर लिएर गए ।

भिड महिला हिंसाविरुद्ध पछि लाग्यो । नारीवाद जो हाबी भएको छ । ऊ भिडमा एक्लो भयो । उसका पछि कोही लागेनन् । ऊ झसङ्ग भयो । निद्राबाट ब्युँझे जस्तो भयो उसलाई । छिनभरका लागि ऊ कल्पनामा डुबेछ । ऊ मनमनै भयभीत भयो र मनमनै सोच्न थाल्यो । साँच्चै यस्तै भयो भने ? मेरो बेइज्जत हुने छ । मेरो घरको बेइज्जत हुने छ । टोलका मान्छेहरूले मलाई घृणा गर्ने छन् । मलाई थुक्ने छन् । मेरो इज्जत, मान, सम्मान सबै क्षणभरमै माटोमा मिल्ने छ । मैले जेल सजाय पनि भोग्नु पर्ने छ । अनि आजउप्रान्त मेरो नामको अगाडि बलात्कारी विशेषण जोडिने छ । म जिन्दगीभर यही विशेषण बोकेर बाँच्नु पर्ने छ । अहँ, म यसरी बाँच्न सक्दिनँ ।

“के सोच्न थाल्नुभयो सर ?” 

“केही पनि होइन ।”

उसले त्यो महिलालाई एक पटक नियालेर हे-यो । उसको अनुहार भयङ्कर डरलाग्दो लाग्यो उसलाई । खतराको घन्टी बजिरहेझैँ लाग्यो उसलाई । 

“एकछिन् ।” यसो भन्दै ऊ कोठाभित्र पस्यो । बिस्तारै दराज खोल्यो । बैङ्कको चेकबुक झिक्यो । त्यसको नाम र रकम लेखेर हस्ताक्षर ग-यो । 

“ल यो लिएर गइहाल । श्रीमती र केटाकेटी आइपुग्ने बेला भयो ।”

“पच्चीस हजार मात्रै ?”

“मैले सक्ने यत्ति हो ।”

त्यो महिला कुटिल हाँसो हाँस्दै ढोकाबाट बाहिर निस्की । उसले हतारिँदै ढ्याम्म ढोका लगायो र छातीमा हात राखेर लामो सास फे-यो । 

उसले नाफा र घाटाको हिसाब नै बिस्र्यो ।