• १३ असोज २०८१, आइतबार

पोखरामा साहित्य महोत्सव

blog

लेखनाथ समाचारदाता

लेखनाथ, माघ २६ गते । आगामी फागुन ३ बाट पोखरामा साहित्य महोत्सव हुने भएको छ । बुकवर्म फाउन्डेसनले फेवाताल किनारको लेकसाइडमा आयोजना गर्ने सूर्य नेपाल गाथा नेपाल लिट्रेचर फेस्टिभलमा ५८ वटा सत्र रहने छन् । आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ११ औँ संस्करणको यो महोत्सव फागुन ७ सम्म चल्ने छ । महोत्सवमा दुई सयभन्दा बढी वक्ता रहने छन् । 

महोत्सवमा साहित्य, कला, सङ्गीत, पत्रकारिता, आर्थिक, राजनीतिक पक्षमा छलफल हुने आयोजक समितिका सदस्य केशवशरण लामिछानेले बताउनुभयो ।  महोत्सवमा अमेरिकी लेखक काइ बड र समाजशास्त्री जर्ज भामसहित एक दर्जन जति विदेशी लेखक, विद्वान् सहभागी हुने तय भएको छ । 

महोत्सवमा दुई दिन विद्यार्थीका लागि विशेष सत्र राखिएका छन् । हरेक दिन साँझ साङ्गीतिक कार्यक्रम हुने फाउन्डेसनका सदस्य नीरज भारीले बताउनुभयो ।