• १३ असोज २०८१, आइतबार

‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ २० गते । अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ । 

गीत सङ्गीत क्षेत्रलाई सामान्य नागरिक सँग लग्ने र सक्षम कलाकार उत्पादन गर्ने उद्देश्यले चापागाईँले पुस्तक प्रकाशन गर्नुभएको बताउनुभयो ।  

गीतको महत्त्वपूर्ण अङ्ग विषयवस्तु “भाव” लाई शाब्दिक रूपमा तयार पार्ने तरिका नभएकालाई सहयोग गरी अगाडि बढाउन यस पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

गीत सङ्गीत विभिन्न उमेर समूहका तथा विभिन्न पेसा आदि क्षेत्रका मान्छेले सुन्ने भएकाले हरेक क्षेत्रमा सिकाइ (विशेषगरी गीतमार्फत शैक्षिक क्षेत्रलाई) सरल तरिकाले अगाडि बढाउन पुस्तकले सहयोग गर्ने चापागाईँले बताउनुभयो । 

यस्तै, नेपाली कलाकारिता अन्तर्राष्ट्रिय तुलनामा कमजोर भएकाले प्रतिस्पर्धात्मक तथा स्तरीय बनाइ व्यावसायिक कलाकारलाई आत्मनिर्भर बनाउन यो पुस्तक उपयोगी हुने देखिन्छ लेखकको भनाइ छ । 

कुनै पनि गीत लोकप्रिय बन्न भाव, सङ्गीत, कलाकार र छायाङ्कनजस्ता विषयको कति भूमिका हुन्छ भन्ने कुरामा विभिन्न अनुसन्धान गरी पुस्तक प्रकाशन गरिएकाले धार्मिक, आर्थिक तथा सामाजिक रूपमा सफल गायक तयार पार्न यो पुस्तक उपयोगी हुने चापागाईँको विश्वास छ ।