• १३ असोज २०८१, आइतबार

चित्रकलामा लोकबाजा

blog

ललितपुर, माघ २१ गते । नेपाली लोकबाजा सङ्ग्रहालयमा सङ्ग्रह गरिएका लोपोन्मुख लोकबाजासम्बन्धी चित्रकला क्यानभाषमा लोकबाजा प्रदर्शनी गरिएको छ  । योङ पिकासोको संयोजनमा लोकबाजा सङ्ग्रहालयले  त्रिपुरेश्वरस्थित सङ्ग्रहालयको प्राङ्गणमा आयोजित  लोकबाजाको चित्रकला कार्याशालाको आयोजना गरी सिर्जना गरिएका चित्रकलाको पाटन सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ । चित्रकला प्रदर्शनीमा लोपोन्मुख २५ बाजाका चित्र राखिएका छन् । सो  प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने छ ।