महिला टी–२० विश्वकप छनोट : नेपाल सुपर तीनमा
हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनमा प्रवेश गरेको छ ।
७५ वर्षको अवधिमा पाँच सय ३२ जना अन्नपूर्णको शिखरमा
जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँच सय ३२ जनाले सफल आरोहण गरेका छन् ।
नेपाल सेमिफाइनलमा बङ्गलादेशसँग स्तब्ध
भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रङ्गशालामा शुक्रबार भएको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले स्तब्ध बन्यो ।
गलत विचारका आधारमा वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ ।
काठमाडौँद्वारा उपाधि रक्षा
गोदावरीस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रङ्गशालामा भएको फाइनलमा काठमाडौँ महानगरपालिकाले आयोजक गोदावरी नगरपालिकालाई सडनडेथमा ८–७ गोलले हरायो ।
बागलुङमा हावाहुरीले आधा दर्जन घरमा क्षति
बागलुङमा हावाहुरीका कारण आधा दर्जन घरमा क्षति पुगेको छ । निसीखोला गाउँपालिका वडा नं. १ लेवाङमा शुक्रबार दिउँसो हावाहुरीसँगै आएको वर्षातले आधा दर्जन घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो ।
भैरहवामा प्रथम माननीय कप हुँदै
रुपन्देहीको भैरहवामा क्षेत्र नम्बर ३ (१) अन्तर्गत प्रथम माननीय कप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । क्षेत्रअन्तर्गत रहेका १८ वटा वडा, कर्मचारी र सञ्चारकर्मी गरी २० टीमबिच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
धनकुटामा पनि मनाइयाे ३२ औं मदन आश्रित दिवस
देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी ३२ औं मदन आश्रित स्मृति दिवस धनकुटामा पनि मनाइएको छ । शनिबार नेकपा (एमाले) धनकुटाले स्व.मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरी मनद आश्रित दिवस मनाएको हो ।
यू–१६ बैतडी छनोट उपाधि एनसिसीलाई
एनसिसी मेन्स यू–१६ इस्ट जोन कपअन्तर्गत जिल्ला छनोटको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) ले हात पारेको छ । शुक्रबार बैतडीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै एनसिसी च्याम्पियन बनेको हो ।
संविधान संशोधन गर्न हामी तयार छौँः नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।
धार्चे गाउँपालिकाको भवन चार वर्षदेखि अलपत्र
गुणबहादुर रोका सुलीकोट, जेठ ३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ मा माछीखोलामा रहेको प्रशासकीय भवन अलपत्र परेको छ । २०७८ साल वैशाख देखि निर्माण सुरु भएको भवन अलपत्र भएको छ । पाँच करोड ३५ लाख ३८ हजार ६१७ लागतमा निर्माणको जिम्मा लिएको श्री बिकोई हेमन्त जेभि काम अलपत्र छोडेर बेपत्ता भएका छन् । दुई वर्ष भयो ठेकेदार सम्पर्कमा छैन, फोन गर्दा पनि उठाउँदैन,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो । २०७९ माघ २९ मा सम्पन्न हुनुपर्ने भवन अहिलेसम्म ५० प्रतिशत काम मात्र सकिएको छ । मुख्य भवन ३ तलासम्म लगे पनि अन्य कुनै काम अघि नबढेको अवस्थामा छ । गाउँपालिकाले ठेकदार कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत अगाडी नबढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । पालिकाले भवन निर्माणको लागि दोस्रो पटक २०८१ फागुन २९ गते म्याद थपिए पनि कुनै प्रगति नभएको अध्यक्ष गुरुङको भनाई छ । गाउँपालिकामा बजेट अभाव नहुँदा काम गरेर रकम लैजाऊ भन्दा ठेकदार फरार अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । धार्चे गाउँपालिकाले दैनिक प्रशासनिक काम गर्नको लागि मासिक ६० हजार तिरेर व्यक्तिको घर भाडामा लिएर काम गर्दा असहज भएको छ, पालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भन्नुभयो, ‘कार्यालयको साना साना कोठाबाट सेवाप्रवाह गर्नुपर्ने भएकाले सहज रूपमा सेवा दिन कठिनाइ भएको छ ।’
सिमानाका सीमान्तकृत आवाज खोज्दै
खेलप्रेमी राजबहादुर बस्नेतले सवा तीन करोडको लगानीमा सिमकोटमा हाई अल्टिच्युट फुटसल, स्केटिङ र ब्याडमिन्टन हल निर्माण गर्नु भएको छ । निजी क्षेत्रबाट भएको यो लगानीले एकातिर हुम्लाका खेल
प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचाको निधन
काठमाडौँ, जेठ ३ गते। नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति नेपाली काँग्रेस ओखलढुङ्गा नेता महेशकुमार कोर्मोचाको शुक्रवार निधन भएको छ । प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको बी एन्ड बी अस्पतालले जनाएको छ ।उहाँ ‘बिपी कोइरालासँग समीपमा रहेर काँग्रेसका हरेक आन्दोलनमा जोडिनुभएको थियो । कोर्मोचाको निधन प्रति काँग्रेसका अगुवा नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँले बेलायत आर्मीको जागिर छोडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएकाे थियो । कोर्मोचा दुई पटक ओखलढुङ्गा जिल्ला सभापति हुनुभयो ।
बाटो (कथा)
“जाने हो दिदी ?” “जाने भए एउटा सिट खाली छ ।” छेउमा गाडी रोकेर चालकले भन्यो । “यो गाडी काँ जा
‘सञ्जयको जय होस्’
साहित्यमा सञ्जय थापा । राजनीतिमा प्रदीप नेपाल । व्यक्ति एक, नाम दुई । व्यक्तित्व पनि दुवै । मानिसहरूले उहाँलाई दुवै नाममा चिन्थे । नेता र साहित्यकारका रूपमा उहाँका दुवै नाम चलेका थिए । दुवै क्षेत्रमा उहाँको व्यक्तित्व स्थापित पनि थियो
सेती नदीमा हामफालेका युवकको उद्धार
शुक्रवार राती पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदिमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
सपनाहीन आकाश (कविता)
बिहानको निस्तब्धता यी जागेका सूर्यहरू स्नेहले सम्पोषित छन् सधैँको जस्तो यो बिहानी
कठै ! मेरो जिन्दगी (कविता)
चुलेसीको धारमा प-यो, कठै ! मेरो जिन्दगी आँसुको दहमा डुब्यो, कठै ! मेरो जिन्दगी
अमरको आँखामा कलाको विराटता
पृथ्वीनारायण शाह स्मरणमा आउनेबित्तिकै मनमा प्रश्न उठ्छ, पृथ्वीनारायण शाहको यो सुन्दर तस्बिर कसले बनायो होला ? उत्ति
दुधकुण्डको दर्शनार्थी बन्दा
घरदेखि तलतिर दुधको रङ घोलेर बगिरहने दुधकोशीले खोटाङ र सोलुखुम्बुलाई छुट्याएको छ । आँगनबाट सोलुखुम्बुका नेचा, सल्यान, काँगेल, पञ्चन, मुक्ली, रनेम प्रस्टै देखिन्छन् । त्यसैको शिरमा एउटा
सिद्धिचरणका काव्यमा स्वच्छन्दतावाद
नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्य धाराको प्रवर्तन युगकवि सिद्धिचरण श्रेष्ठले गरे, यो सर्वविदितै छ । कवि सिद्धिचरण श्रेष्ठले १५ वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गरे तथा विसं १९९० देखि स्वच्छन्दता
क्यानबेरामा पशुपति मन्दिर
अहिले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली तीन लाखभन्दा बढी रहेको आँकडा छ । तीमध्ये धेरै सिड्नीमा अध्ययन र रोजगारी गरिरहेका छन् । उनीहरूको तन अस्ट्रेलियामा भए पनि मन भने नेपालमै छ । त्यसैले त भनिएको होला– आखिर यो मन त नेपाली नै हो । झन्डै डेढ लाख नेपाली सिड्नी बस्छन् भने बाँकी अन्यत्र छरिएका छन् ।पछिल्लो जनगणनाले नेपालको जनसङ्ख्या करिब तीन करोड रहेको तथ्याङ्क छ । त्यसमध्ये झन्डै एक करोड गैरआवासीय रहेको अनुमान छ । यति धेरै सङ्ख्यामा नेपाली विदेशमा बसोबास गरे पनि नेपालीपन भने सबैको मन मनमा रहने गर्छ । विदेशमा बस्ने नेपाली आफ्नो मौलिक संस्कृति र पहिचानका खातिर संवेदनशील रहने गर्छन् । त्यसैले पछिल्ला वर्षमा विदेशमा रहेका नेपालीले मौलिक परम्परा र पहिचान झल्काउने कार्यव्रmम आयोजना गर्ने गरेका छन् । त्यसमध्ये अस्ट्रेलियामा बस्ने नेपालीको पनि आफ्नै पहलमा नेपाल र नेपाली चिनाउने विभिन्न कार्यव्रmम बेलाबेला आयोजना हुने गरेको छ । यद्यपि अस्ट्रेलियामा नेपालीको बाक्लो बसोबास सुरु भएको धेरै समय भएको छैन । करिब दुई दशकयता भने नेपालीको उपस्थिति बाक्लो पाइन्छ । पछिल्लो तथ्याङ्कले अहिले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली तीन लाखभन्दा बढी रहेको आँकडा छ । तीमध्ये धेरै सिड्नीमा अध्ययन र रोजगारी गरिरहेका छन् । उनीहरूको तन अस्ट्रेलियामा भए पनि मन भने नेपालमै छ । त्यसैले त भनिएको होला–आखिर यो मन त नेपाली नै हो । झन्डै डेढ लाख नेपाली सिड्नी बस्छन् भने बाँकी अन्यत्र छरिएका छन् । अस्ट्रेलिया बहुसंस्कृति र पहिचानमा विश्वास गर्ने मुलुक हो । यहाँ नेपालका मात्र होइन अन्यत्रबाट आएका लाखौँको सङ्ख्यामा बसोबास गर्नेहरू छन् । आप्रवासीमा चिनियाँ मूलका धेरै छन् । त्यस्तै भारतीय मूलका पनि उल्लेख्य छ । सबैले आआफ्ना मौलिक परम्परा र संस्कृतिको जगेर्नामा जोडबल गर्छन् । अब नेपाली समुदायले पनि अस्ट्रेलियामा मौलिक पहिचान झल्काउने काम थालेको छ । दसैँ, तिहार जस्ता चाडबाड भव्य रूपमा मनाइन्छ । नेपाली मौलिक चाडका रूपमा नयाँ वर्ष वैशाख १ धुमधाममा साथ मनाइने गरेको छ । राजधानी क्यानबेरामा विगत चार वर्षदेखि नेपाली नयाँ वर्ष भव्यताका मनाउन थालिएको छ । उक्त कार्यव्रmममा अस्ट्रेलिया सरकारका प्रतिनिधि र राजनीतिक दलका नेताहरूको सहभागिता हुने गरेको छ । जसले गर्दा अस्ट्रेलियामा बसोबास गर्ने संसारभरिका मानिसले नेपाल र नेपाली परम्परा बुझ्न र अनुभूत गर्न पाएका छन् । यसैव्रmममा नेपाली समुदायले अर्काे मौलिक काम गर्ने अठोट गरेको छ । त्यो हो– भगवान् श्री पशुपतिनाथको मन्दिर स्थापना गर्ने । यो अभियानको नेतृत्व सनातन समाज अस्ट्रेलियाले गरिरहेको छ । मन्दिर निर्माणका लागि आवश्यक रकमको जोहो नेपाली समुदायबाटै हुने प्रतिबद्धता जाहेर भइसकेको छ । त्यसका लागि आवश्यक जमिनको जोहो हुँदै छ । अस्टे«लिया सरकारले यस प्रयोजनका लागि आवश्यक जमिन दिने प्रव्रिmया थालिसकेको छ । जमिनको टुङ्गो लागेपछि मन्दिर निर्माण अभियानले गति लिने विश्वास छ । श्री पशुपतिनाथको मन्दिर बनाउने अभियान चानचुने होइन । यसलाई सफल बनाउन धेरै चुनौतीको सामना गर्नु पर्छ । नेपाली समुदायले यो अठोट गरिसकेकाले अवश्य पनि सफल हुने छ । यो महान अभियानलाई सफल तुल्याउन सबै नेपालीको साथ र सहयोग आवश्यक छ । एउटा दुःखद पक्ष के छ भने विदेश आएर पनि हामी राजनीतिको गोटी बनिरहेका छौँ । नेपालकै जस्तो कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपाको टोपी लगाउन छाडेका छैनौँ । त्यो सोचबाट मुक्त नभई यो महान् अभियान सार्थक तुल्याउन सकिन्न । साथै, गैरआवासीय नेपालीका नाममा हुने गरेका राजनीतिको छायाबाट जोगिएर चल्न सकियो भने मात्रै लक्ष्य पूरा हुने छ । नेपाली समयुदायलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले पाँच वर्षअघि मात्रै सनातन समाज अस्ट्रेलिया स्थापना भएको छ । यो संस्था अस्ट्रेलियन सरकारसँग औपचारिक रूपमा जोडिएको छ । साथै, सबैखाले राजनीतिभन्दा माथि छ । जसले गर्दा मन्दिर स्थापनाको पुण्य कामका लागि सफलता प्राप्त हुने विश्वास छ । मन्दिर बनाउने मुद्दामा सबैको मतैक्यता छ । अस्ट्रेलियामा सबै धर्म र आस्थालाई सम्मान गर्ने नीति रहेकाले सरकारले मन्दिर बनाउन जमिन दिने विश्वास गरिएको हो । राजधानी क्यानबेरामा बसोबास गर्ने जमिन थोरै छ । धेरै जसो भूभागमा बन जङ्गल छ । त्यसैले जमिन पाउन सजिलो छैन । नेपाली समुदायको प्रभावकारी पहलमा यो सम्भव बन्दै छ । कानुनी प्रव्रिmया झन्झटिलो भएकाले समय लागेको हो । अस्ट्रेलियन सरकारले समुदायको उपस्थिति, प्रभाव र उपयोगितासमेतलाई आधार बनाएर जमिन दिने गरेको छ । जमिन दिइसकेपछि मन्दिर बनाउने स्रोत छ कि छैन भन्ने आधार बलियो छ छैन त्यो हेर्ने गर्छ । त्यसपछि मात्रै सरकारले दिने निर्णय गर्छ । मानिस स्वभावैले खुसी र दुखी हुन्छ । खुसी र दुखी दुवै अवस्थामा ऊ शान्तपूर्वक आस्थाको केन्द्रसँग जोडिन चाहन्छ । अझ दुःखका बेला आफ्ना पीडा बेसाउन मन्दिरको सहारा खोज्छ । त्यसैले अस्ट्रेलियामा बसोबास गर्ने हरेक नेपालीको मन मनमा एउटा मन्दिर बनोस् भन्ने चाहना छ । त्यसका लागि क्यानबेरा नै उपयुक्त थलो हो । किनभने यो राजधानी पनि हो । सरकारले पशुपतिनाथको मन्दिर बनाएपछि हरेक नेपाली अझ विश्वभरिका हिन्दु दर्शनका लागि यहाँ आउने विश्वास गरेको छ । जसबाट धार्मिक पर्यटनमा यसले ठुलो बल प्रदान गर्ने देखिन्छ । क्यानबेरामा पशुपतिनाथको मन्दिर स्थापना गर्न सकियो भने विश्वभरिका हिन्दुलाई आकर्षित गर्न सफलता मिल्ने छ । त्यसैले यो पवित्र उद्देश्य पूरा गर्न सबै नेपालीको सद्भाव आवश्यक छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
जबजका प्रणेता
आज नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवस । उहाँको २०५० साल जेठ ३ गते चितवनको दाशढुङ्गामा जिप दुर्घटनाबाट मृत्यु भएको थियो । जननेता भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनका एक प्रखर नेता, सिद्धान्तकार र जनप्रिय व्यक्तित्व हुनुहुन्थ्यो । भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रगामी, दूरदर्शी र लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको “जनताको बहुदलीय जनवाद” (जबज) सिद्धान्तले नेपाली कम्युनिस्ट आन्दोलनलाई शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा डो¥याउन महìवपूर्ण भूमिका खेलेको छ । भण्डारी नेपाली राजनीतिका एक प्रखर वक्ता पनि हुनुहुज्थ्यो, जसका भाषणले जनतालाई सशक्त बनाउने, राजनीतिक चेतना जगाउने र राष्ट्रियता तथा प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए । उहाँका भाषण आज पनि प्रेरणादायी मानिन्छन् । प्रारम्भिक जीवन र शिक्षाभण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघु गाविसको ठोट्ने भन्ने ठाउँमा भएको थियो । उहाँका बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारी हुनुहुन्थ्यो । १५ वर्षको उमेरमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न भारतको बनारस विश्वविद्यालय जानुभयो । त्यहाँ उहाँले दुई विषयमा स्नातकोत्तर अध्ययन गर्नुभयो । बनारसमा अध्ययन गर्दै गर्दा उहाँ राजनीतिमा आकर्षित हुनुभयो र सामन्ती राज्यसत्ताको विरोधमा सव्रिmय हुन थाल्नुभयो ।राजनीतिक यात्राबनारसमा रहँदा उहाँले भारतका समाजवादी नेता ज्योति बासु, हरिकिशन सुरजीत र नेपाली नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविव्रmम सिंह, बिपी कोइराला, साहना प्रधानसँग सम्पर्क राख्नुभयो । २०२८ सालमा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा सव्रिmय भूमिका निर्वाह गर्न थाल्नुभयो । २०३३ सालमा पुष्पलाल समूहबाट अलग भएर नेकपा (माले) मा सव्रिmय हुनुभयो । पार्टीभित्र नयाँ सोच र व्याख्या अगाडि सार्दै उहाँले सशस्त्र सङ्घर्षको कार्यनीति स्थगित गरी पार्टी विस्तार र विकासको नीति लिने निर्णयमा महìवपूर्ण भूमिका निर्वाह गर्नुभयो । जनताको बहुदलीय जनवाद (जबज)भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद “सिद्धान्तले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ दिशा प्रदान गर्यो । यस सिद्धान्तले शान्तिपूर्ण सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धाको माध्यमबाट समाजवादमा पुग्ने मार्गचित्र प्रस्तुत गर्यो । नेकपा (एमाले) को २०४९ सालमा सम्पन्न पाँचौँ महाधिवेशनले यस सिद्धान्तलाई अनुमोदन गर्यो ।निधन र प्रभाव२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा भण्डारीको निधन भयो । यद्यपि यो दुर्घटना आकस्मिक थियो वा षड्यन्त्रपूर्ण हत्या भन्ने विषयमा आजसम्म बहस जारी छ । उहाँको निधनले नेपाली कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति पु¥यायो । उहाँको योगदानलाई स्मरण गर्दै, उहाँका विचार आज पनि नेपाली राजनीतिमा मार्गदर्शकको रूपमा रहेका छन् । भण्डारीसँगै तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो । दुर्घटनामा चालक अमर लामा मात्र जीवित बचेका थिए । दुर्घटनापछि घटनास्थलमा मदन भण्डारीको शव तत्काल फेला नपर्नु, चालक अमर लामाको १० वर्षपछि काठमाडौँको कीर्तिपुरमा हत्या हुनु र घटनाको निष्पक्ष छानबिन नहुनु जस्ता कारणले यो घटना अझै रहस्यमय बनेको छ ।राजनीतिक प्रतिक्रिया एमालेले लामो समयदेखि यो घटनालाई हत्या भएको दाबी गर्दै आएको छ । घटनाको सत्यतथ्य अझै सार्वजनिक हुन सकेको छैन । प्रत्येक वर्ष पार्टी नेताहरूले घटनाको सत्य उजागर गर्ने प्रतिबद्धता जनाए पनि ठोस प्रगति भएको देखिँदैन । भण्डारीले विद्यादेवी भण्डारीसँग विवाह गर्नुभएको थियो । विद्या दुई कार्यकाल नेपालको राष्ट्रपति बन्नुभयो । उहाँ यतिबेला नेकपा एमालेको सव्रिmय राजनीतिमा आउने चर्चा चलिरहेको छ । विद्याको जीवनशैली पनि सरल र जनतासँग नजिकको छ ।मुख्य विशेषताराजनीतिक यात्रा: मदन भण्डारी पुष्पलाल समूहबाट सुरु गरी नेकपा (माले) हुँदै नेकपा (एमाले) को प्रमुख नेता बन्नुभयो ।विचारधारात्मक योगदान : माक्र्सवाद–लेनिनवादलाई नेपाली समाजमा सान्दर्भिक बनाउँदै लोकतान्त्रिक अभ्यासलाई समेटेर ‘जबज’ को प्रतिपादन गर्नुभयो ।नेतृत्व क्षमता: उहाँको सङ्गठनात्मक क्षमता र ओजपूर्ण भाषण शैलीले जनमानसमा गहिरो प्रभाव पारेको थियो । मदन भण्डारीका केही चर्चित भाषणचाबहिल सभा (२०४७ साल चैत ५)यस भाषणमा उहाँले नेपाली कांग्रेसको सरकारको आलोचना गर्दै जनताको पक्षमा दृढ आवाज उठाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । अब त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहाँका ठुला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नु पर्छ ।”लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी भाषण यस भाषणमा उहाँले नेपालको भूभागको रक्षा र राष्ट्रियताको पक्षमा दृढता प्रकट गर्नुभएको थियो । उहाँको यो भाषण राष्ट्रिय स्वाभिमानको प्रतीक मानिन्छ ।राजसंस्थासँग सम्बन्धित भाषण राजसंस्थाको भूमिकाबारे उहाँले स्पष्ट धारणा राख्दै जनताको सर्वोच्चता र सार्वभौमिकताको पक्षमा आवाज उठाउनुभएको थियो । उहाँका अनुसार “राष्ट्रियता वा प्रजातन्त्रको भगवान् भनेको त जनता हुन् ।”निष्कर्ष भण्डारीको मृत्युको रहस्य अझै समाधान हुन सकेको छैन । यो घटनाले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको छ र अझै पनि जनचासोको विषय बनेको छ । उहाँकी पत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल देशको राष्ट्रपति भइसक्दासमेत घटनाको बारेमा सत्यतथ्य सार्वजनिक हुन नसक्नु आफैँमा रहस्यको विषय बनेको छ ।