सङ्घीय निजामती विधेयकमा सहमति
निजामती तथा अन्य सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षसम्म अवकाशप्राप्त कर्मचारीले संवैधानिक तथा सरकारी नियुक्ति लिन नपाउने भएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ मा सहमति गरेको हो ।
‘जलवायु सङ्कट नेपालको मात्र होइन’
सर्वोच्च शिखर सगरमाथासहित हिमालहरू संरक्षणमा दिगो पहलका लागि आवश्यक बहसको सुरुवातसँगै नेपाल सरकारले विश्वव्यापी मञ्चका रूपमा आयोजना गरेको सगरमाथा संवाद शुव्रmबारदेखि काठमाडौँमा सुरु भएको छ ।
विदेशी पाहुनाको नजरमा सुन्दर नेपाल
सगरमाथाको देश नेपाल । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र सम्पदाहरूले विश्वको ध्यान खिच्न सफल भएको छ । सगरमाथा संवादमा सहभागी हुन आउनुभएका विदेशी पाहुनाले नेपालको हिमालसँगै
नवलपुरमा हावा हुरीबाट क्षति
नवलपुरमा शुक्रबार दिउँसो आएको हावा हुरीले बबण्डर मच्चाएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको र तथ्यांक संकलनको काम भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।
गाजाका लाखौं नागरिक विस्थापित
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) ले जानकारी गराएअनुसार गाजामा थप सात प्रतिशत क्षेत्रमा इजरायली सेनाद्वारा विस्थापनको आदेश जारी गरिएपछि हाल गाजाको करिब एकहत्तर प्रतिशत भूभागमा प्यालेस्टिनी नागरिकहरूलाई आवतजावत गर्न रोक लगाइएको छ ।
जापानले थप ५७ करोड ३० लाख येन अनुदान दिने
‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ ।
हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’
हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
सेवा र विकासका लागि युवा संस्थाले १३ जिल्लाका शैक्षिक सामग्री वितरण गर्ने
सेवा र विकासका लागि युवा संस्थाले विभिन्न १३ जिल्लाका दुई हजार पाँच सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
राप्रपाका उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो।
जीवी राईलाई नेपाल फर्काउन सहयोग गर्न आग्रह
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिका सभापति तथा सांसद सूर्य थापाले सहकारीका बचतकर्ताहरूको बचत अपचलन, दुरुपयोग र ठगीमा संलग्न भई फरार रहेको गितेन्द्रबाबु राईलाई नेपाल फर्काउनमा सहयोग गर्न मलेसियाका सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणा द्विपक्षीय भेटवार्तामा व्यस्त
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शुक्रबार संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गर्नुभएको छ।
निर्माणाधीन प्रसारण लाइन आयोजनाको निरीक्षण
ताप्लेजुङमा निर्माणाधीन अवस्थामा रहेको प्रसारण लाइन आयोजनाहरुको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी प्रमुख सागर श्रेष्ठले निरीक्षण गर्नुभएको छ।
नो केबलकार पक्षको आन्दोलन जारी
पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्।
नगर प्रमुखको तलब सामाजिक सेवामा
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले नगरपालिका बाट प्राप्त गर्ने तलब, भत्ता एम्बुलेन्स खरिदमा खर्च गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
यन्त्रको प्रयोग गरी गहुँ चुट्दै किसान
बागलुङका किसान गहुँ चुट्न आधुनिक यन्त्रको प्रयोग गर्न थालेका छन् । किसानले थ्रेसर मेसिनबाट गहुँबाली काटने र चुट्ने काम थालेका हुन् ।
८० प्रतिशत बजेट ठूला आयोजनामा केन्द्रित गर्न सांसद भट्टराईको सुझाव
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसद योगेश भट्टराईले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गर्न सरकारलाई आग्रह गर्नुभयो।
जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने
बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
वनमन्त्री शाहीसँग युएईका सहायक विदेशमन्त्री बलालाको भेटवार्ता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगोपन मामिलाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाले भेटवार्ता गर्नुभएको छ ।
नौ करोडमा निर्मित भवन भएन हस्तान्तरण
रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासकीय भवन बने पनि दुई महिना बित्दा पनि हस्तान्तरण हुन सकेको छैन ।
प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शिष्टाचार भेट गर्नुभएको छ।
शेर्पा सङ्घमा दावा
ताप्लेजुङस्थित नेपाल शेर्पा सङ्घको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको छैटौं जिल्ला अधिवेशनले शेर्पा अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री डा. राणा र भारतका वातावरण मन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबिच आज भेटवार्ता भएको छ।