गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३ गते । सर्वोच्च शिखर सगरमाथासहित हिमालहरू संरक्षणमा दिगो पहलका लागि आवश्यक बहसको सुरुवातसँगै नेपाल सरकारले विश्वव्यापी मञ्चका रूपमा आयोजना गरेको सगरमाथा संवाद शुव्रmबारदेखि काठमाडौँमा सुरु भएको छ ।
विश्वका विभिन्न मुलुकका विशिष्ट पाहुनाहरूको आगमनसहित प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहकाबिच सगरमाथा संवादको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सगरमाथासहित नेपालका हिमाल विश्व वातावरणको मानक रहेकाले संरक्षणमा हातेमालो गर्न आह्वान गर्नुभयो । देशहरूबिच आफ्नै असमानता तथा बहुपक्षीय र क्षेत्रीय सहकार्यका दुरी भए पनि हिमाल संरक्षणका लागि एउटै आवाज बनाउनका लागि यस संवादको पहिलो संस्करणले प्रयास गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपाल भूगोलको कुनै टुव्रmा मात्र होइन, यो बुद्धको शान्ति भूमि हो, ज्ञानको भूमि हो, अनि सगरमाथा संवाद हाम्रा प्राचीन अभ्यासहरूको स्मरण हो ।”
उहाँले सगरमाथा संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य विषयमा विश्वव्यापी बहस मुटुभित्रबाट सुरुवात गरिएको इमानदार बहस भएको औँल्याउनुभयो । सगरमाथा संवाद नेपालकोे मात्र नभएर विश्वकै बहसस्थल भएको पनि प्रस्ट पार्नुभयो । यस संवादले हिमालबिना मानवता बाँच्न सक्छ वा सक्दैन भन्ने बहसको आवाजलाई बुलन्द गरेको बताउँदै उहाँले थप्नुभयो, “जलवायु सङ्कट नेपालको मात्र होइन विश्वकै समस्या हो, सबैको सहकार्यबाट मात्र यससँग जुध्न सकिन्छ ।”
साथै हिमालहरूले विश्वलाई जीवन दिइरहेको छ । तिनीहरू हाम्रा जलवायुयुक्त स्रोतहरू हुन् । त्यसैले सगरमाथाको भूमिबाट उच्च र प्रस्ट रूपमा भन्न चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमाल संरक्षण समुद्रदेखि हिमालसम्मको संरक्षण हो, जसबाट मानवीयताको भविष्यको संरक्षण हुन्छ ।”
नेपालको तापव्रmम वृद्धि र कार्बन उत्सर्जनमा अति नगन्य भूमिका रहे पनि अत्यधिक जोखिममा परेको देश भएको औँल्याउँदै प्रधानमन्त्री ओलीले हिमाल पग्लने व्रmम बढेकाले अतिवृष्टि, अनावृष्टिसहितका विपत्हरूको सामना तीव्र रूपमा गर्नुपरेकोे प्रस्ट पार्नुभयो । उहाँले अगाडि भन्नुभयो, “हाम्रा हिमालहरूबाट नदीहरू बग्छन्, यहाँका संरक्षण क्षेत्रहरू विश्वकै धनी जैविक विविधतायुक्त र विश्वकै लागि अतुलनीय छन् ।”
नेपालले आफ्नै पहलमा जलवायु परिवर्तनको अनुकूलनसँग लड्दै गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि राष्ट्रिय कार्ययोजना बनाएर लागु गरिएको छ । सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जनको लक्ष्य भेट्ने उद्देश्यसहित नेपाल अघि बढेको छ । सीमाविहीन साझा सहकार्यले नै हरेक देश जलवायु उत्थानशील हुने भएकाले सँगै सहकार्य गर्न हिम्मत गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनसँग लड्न हामीबिच गहन सहकार्यको जरुरी छ, त्यसका लागि सगरमाथा संवादलाई विश्वव्यापी मञ्चका रूपमा विकास गरेको छौँ र यहीँबाटै प्रकृतिसँग नजिक रहेर संरक्षणलाई दिगो बनाउनु पर्छ ।”
परराष्ट्रमन्त्री डा. आरजु राणाले जलवायु परिवर्तनले मानवताको भाग्य मात्र होइन, भविष्य नै खतरामा पार्दै गएको औँल्याउनुभयो । उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै उहाँले भन्नुभयो, “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सङ्कटमा पार्दै गएको छ ।”
सो विश्वव्यापी सङ्कटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेकामा उहाँले जोड दिनुभयो । यही सामूहिक प्रयासको सुरुवात सगरमाथा संवाद भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले संवादले प्रतिविम्ब र आत्मनिरीक्षणका लागि अवसर प्रदान गर्ने बताउनुभयो ।
मन्त्री डा. राणाले भन्नुभयो, “हाम्रा नदी, वन र पहाडहरूको संरक्षकको रूपमा हामी कार्यरत छौँ तर पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न हामी बाध्य भएका छौँ । यो गम्भीर अन्याय हो र यसलाई तुरुन्तै सम्बोधन गरिनु पर्छ, नत्र ढिलो हुने छ ।
नेपाल जस्ता देशको जोखिमलाई स्वीकार गर्नुपर्ने र जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने आग्रह गर्दै उहाँले भन्नुभयो, “जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय सङ्कट र विपत् जोखिम जस्ता समस्याको समाधानमा यो एक अवसर हो ।”
चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ चीले सगरमाथा विश्वकै उच्च शिखर भएको औँल्याउँदै नेपालले आयोजना गरेको संवादमार्फत बहसका लागि चीन सरकारको बलियो साथसहित प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीको सरकारले लिएको यस पहलका लागि चीन सरकारकातर्फबाट उहाँले सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्र नेपाल चीन मित्रताको महìवपूर्ण साक्षीका रूपमा रहेको छ, यसको संरक्षणमा संयुक्त रूपमा काम गरिरहेका छौँ ।”
उहाँले नेपालको हिमाल संरक्षणका लागि चीन सरकारले विभिन्न परियोजनासँगै हिमालय क्षेत्रको वैज्ञानिक अध्ययन र अन्य परियोजनामा सहकार्य जारी राखेको प्रस्ट पार्नुभयो । उहाँले सगरमाथा र यसका जैविक विविधता संरक्षणका लागि समुदायलाई सचेतनासहितको साझेदारीयुक्त कार्यव्रmम जरुरी रहेको औँल्याउँदै यी क्षेत्रमा बहुउपयोगी मौसमी पूर्वाधारको विकास र पानीको प्रयोगका लागि सामूहिक परियोजनाहरू लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतका वन तथा जलवायुमन्त्री भुपेन्दर यादवले विश्वकै सर्वोच्च शिखर भएको देशमा भएको सगरमाथा संवाद विश्वकै लागि महìवपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वातावरणीय भविष्य हिमालसँग प्रत्यक्ष जोडिएको छ । हाम्रो भविष्य साझा प्रतिबद्धता र सामूहिक कार्यमा जोडिएको छ ।” विश्वका शक्तिशाली मुलुकले कार्बन उत्सर्जन गरेबापत दिने भनेको कार्बन वित्तलाई अहिले बेवास्ता गरिएको आरोप उहाँले लगाउनुभयो । जलवायु परिवर्तनका चुनौती थेग्न साझा सहकार्यसँगै सामुदायिक कार्यमा जानु जरुरी रहेको उल्लेख गर्दै उहाँले विश्व एक परिवारका रूपमा हेर्दै छिमेकी मुलुकका रूपमा भारत र नेपाल दुवैले हिमाली मुलुकसँग निकट रहेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
उद्घाटनका अवसरमा नेपाल सरकारले जलवायु परिवर्तनका लागि राष्ट्रिय योगदानमा आधारित तेस्रो कार्ययोजना सार्वजनिक गरेको थियो । विभिन्न मुलुकका विशिष्ट पाहुनासहित १७५ जना विदेशी र त्यति नै नेपालीसहित ३५० जनाको प्रत्यक्ष सहभागिता सम्मेलनमा छ ।