युवालाई रोक्न नसके नेपाल वृद्धाश्रम बन्छ : सांसद थकाली
नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताउनुभएको छ।
बझाङका सबै पालिकामा एमालेको अधिवेशन सम्पन्न
बझाङ जिल्लाका १२ वटै स्थानीय तहमा नेकपा (एमाले)को पालिका अधिवेशन सम्पन्न भएको छ । फागुन १६ गते साइपाल गाउँपालिकाबाट सुरु भएको अधिवेशन सम्पूर्ण पालिकामा सम्पन्न भएको हो ।
साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम
नेपाल ओलम्पियन्स सङ्घको सक्रियतामा स्कुल टु ओलम्पिक कार्यक्रम सुरु भएको छ ।
बजेटमा अपाङ्गताका सवाल समावेश गर्न माग
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गताका सवाल समावेश गर्न माग गरिएको छ । आगामी वर्षका लागि निर्माण गर्न लागिएको योजना छनोट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागितामा योजना छनोट गर्न माग गरिएको हो ।
मस्तिष्कघात बिरामीका लागि नेपालगन्जमा विशिष्टिकृत उपचार सेवा सुरु
सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नेपालगन्जस्थित अस्पतालमा मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरिएको छ ।
‘सर्वहारा श्रमिकको एउटै पार्टी बन्नुपर्छ’
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताउनुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मिथिला नगरपालिकामा ६४ परिवारलाई लालपुर्जा वितरण
धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी जीवन बिताइरहेका ६४ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । शनिबार ढल्केबरमा आयोजित एक समारोहबिच ती परिवारलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरीः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताउनुभएको छ ।
मदन–आश्रितको स्मृतिमा शैक्षिक सामग्री वितरण
मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) अछामले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब, विकास बजेट खर्च सुस्त
चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारी वित्त घाटा चुलिँदै गएको छ । सरकारी खर्च तीव्र रूपमा बढे पनि आम्दानी सन्तोषजनक नहुँदा सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब पुगेको हो ।
पक्की पुल निर्माणसँगै ग्रामीण सडकमा यातायात सहज
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्र अन्तर्गतका भित्र सडकका खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माणसँगै यातायात सञ्चालन सहज बन्दै गएको छ ।
सेवाग्राहीका लागि हुलाक डेस्क स्थापना
सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक डेस्क स्थापना गरिएको छ । जिल्लाको ग्रामीण बस्तीबाट सदरमुकाम खलङ्गा आउने सेवाग्राहीको समस्यालाई मध्येनजर गरी जिल्ला प्रशासनको अनुरोधमा हुलाक डेस्क स्थापना गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख बिरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
मिस्टर महानगर बडिबिल्डङ असारमा
काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिप हुने भएको छ ।
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताउनुभएको छ ।
धवलागिरिमा पुर्ख्यौली नाच प्रतियोगिता
म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । शनिबार गाउँपालिका केन्द्र मुनामा आयोजना गरिएको पुर्ख्यौली नृत्य प्रतियोगितामा विभिन्न पाँच समुहले भाग लिएका छन् ।
सिन्धुली बर्दिबास बाटोको सहयोगका लागि धन्यवाद
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपालगन्जमा प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता सुरु
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशाल चोक खेल मैदानमा सुरु भएको छ ।
युवा सङ्घ पाँचथरको अध्यक्षमा लावती निर्वाचित
नेपाल कम्युनिष्ट पार्टि एमालेको जन वर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी पाँचथरको अध्यक्षमा मदन लावती सर्व सम्मत निर्वाचित हुनुभएको छ ।
लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।
एम्स बैठकसँगै नेपाल हेरिटेज रनको तयारी
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
मुक्तिनाथ मन्दिरको माथिल्लो क्षेत्रमा शताब्दी पुराना सम्पदाको खोजी
हिन्दु तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिरको शीरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा शताब्दी पुरानो धार्मिक सम्पदाको खोजी गरी संरक्षण सुरू गरिएको छ ।
लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर : विश्व बैँक
लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठुलो परिवर्तन देखिएको विश्व बैँकको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन थालेका छन् भने धेरै श्रमिकहरू जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् ।
कैलालीमा सामुदायिक प्रतिकार्यसम्बन्धी तालिम
कैलालीको चुरे गाउँपालिका स्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तालिम धनगढीमा सुरु भएको छ ।