• ३ जेठ २०८२, शनिबार

मिस्टर महानगर बडिबिल्डङ असारमा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, जेठ ३ गते । काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिप हुने भएको छ ।

प्रतियोगितामा काठमाडौँ महानगरको ३२  वटै वडामा रहेका खेलाडीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

महानगरमा स्वस्थ खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिन लागिएको वडा नंं. २२ का अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो । 

प्रतियोगितामा पुरुष ५५, ६०, ६५, ७०, ७५ केजी र ७५ केजी माथि तौल स्पर्धामा प्रतिस्पर्धा हुने छ । आगामी वर्षदेखि महिला र अन्य स्पर्धा समोवश गरिने पनि संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रत्यके तौल समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई मेडलसँगै क्रमशः ७५, ५० र २५ हजार रुपियाँ पुस्कार प्रदान गरिने छ ।

यस्तै सबै तौलको वितेजाबिच अन्तिममा ओभरल मिस्टर महानगर उपाधि विजेतालाई पाँच लाख रुपियाँ प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक काठमाडौँ बाहिरका खेलाडीले सम्बन्धित वडामा बसोबास गरेको अस्थायी बासिन्दा भएको सिफारिस आयोजकलाई पेस गर्नुपर्नेछ ।

यस्तै काठमाडौँ महानगरपालिका वडा नंं. २२ को आयोजनामा यही जेठ १४ र १५ गते सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा बुद्धिचाल प्रतियोगिता हुने जानकारी पनि दिइयो ।