जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताउनुभएको छ । रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “वातावरण बनेमा म यहाँबाट टर्कीए जानेछु । जतिसक्दो चाँडो हामी यसलाई व्यवस्था मिलाउने कोशिस गरिरहेका छौँ ।”
‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा वैश्विक साझेदारी आवश्यक’
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरूले बताएका छन् । शुक्रबारबाट सुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् ।
पाल्पाका स्थानीय तहको बेरुजु २० करोड ३८ लाख
पाल्पाको स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बासट्ठिऔं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण भएको कुल रकम मध्ये १ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।
दाउन्नेको दलदल (फोटो फिचर)
सामान्य वर्षा हुँदा सवारी साधन चिप्लिएर जाम हुने, भारी वर्षा हुँदा पहिरो गएर यात्रा अवरुद्ध हुने र घाम लाग्दा अत्याधिक धुलोले यात्रा निक्कै कष्टकर बन्ने गरेको छ ।
चन्दा उठाएर गाउँमा आवासीय विद्यालय सुरु
गाउँलेले चन्दा उठाएर खोटाङको कालिका आधारभूत विद्यालयलाई आवासीय विद्यालय बनाइएको छ ।
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रवर्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउखेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै सार्वजनिक जग्गा र नदी किनारमा स्याउखेती गर्ने क्रम बढेको छ ।
सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँ समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले शुक्रबार प्रदेश प्रमुखसमक्ष सातौं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
ललितपुरका प्रमुख महर्जनद्वारा गुल्मीको मालिका मन्दिर उद्घाटन
गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ ।
गाजामा धेरै मानिस भोकमरीमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताउनुभएको छ । उहाँले शुक्रबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताउनुभयो ।
हावाहुरीका कारण रुख ढल्दा एक जनाको मृत्यु
कैलालीको घोडाघोडीमा शुक्रबार बिहान चलेको हावाहुरीका कारण रुख ढल्दा एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे चलेको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख ढल्दा घोडाघोेडी नगरपालिका– १ सुन्दर टोल बस्ने कर्णबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योतिबिच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति सङ्घबिच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ ।
‘नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइन’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।
नवलपरासीमा नाप नक्साकाे काम सुरु
नवलपरासी पश्चिममा नापनक्सा भएको अन्ठाउन्न वर्षपछि पुनः नाप नक्सा कार्य सुरु भएको छ ।
सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय
न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।
गर्मीबाट कसरी बच्ने ? अपनाउनुस् यी उपाय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गर्न आग्रह गरेको छ । देशभर गर्मी बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
तीन वर्ष बित्दा पनि खच्चड व्यवसायीले पाएनन् क्षतीपूर्ती
मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फाका खच्चड व्यवसायी माइकल परियार धौलागिरि हिमालको आधार शिविरमा घोडा र खच्चड मरेको क्षतीपूर्तीको पखाईमा बसेको तीन वर्ष बित्यो ।
धार्मिक क्षेत्रको रूपमा विकास हुँदै पार्वती गुफा
माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ ।
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कुलिङ पिरियड दुई वर्ष : निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।
अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनुभएको छ ।
गहुँ चुट्न हलगोरुको प्रयोग
बाजुराको पूर्वीउत्तर क्षेत्रका अधिकांश किसानले गहुँ चुट्न हलगोरु प्रयोग गर्न थालेका छन् ।
हिलाम्य सडक कालोपत्रेपछि चिटिक्क
रुकुमपश्चिममा ट्रयाक खुलेको लामो समयसम्म अलपत्र अवस्थामा रहेको एक पालिका केन्द्रभित्रको सडकखण्ड कालोपत्रे भएको छ । आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजारका विभिन्न सडक खण्ड कालोपत्रे गरिएको हो ।
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमासमेत रहिआएका छन् : वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ ।