६७ केजी विषादीयुक्त बोडी नष्ट
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा बिहीबार किसानले ल्याएर बेचेको बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
आत्मनिर्भर अर्थतन्त्रका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सुझाव
राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम प्रविधिको उच्चतम प्रयोग गर्दै निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न सुझाव दिनुभएको छ ।
धान गोड्ने क्रममा करेन्ट लागेर मृत्यु
धनकुटा नगरपालिका–८, शिवबेँशीमा बिहीबार दिउँसो करेन्ट लाग्दा एक वृद्धको ज्यान गएको छ । स्थानीय ६८ वर्षीय मङ्गलसिंह राईको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
रामेश्वर चौधरीलाई मन्त्रीको शपथ गराउन सिफारिस
विवादबिच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पद्को शपथ ग्रहण गराउन सिफारिस गरेको छ । सो पार्टीको प्रदेश संसदीय दलले चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने निर्णयसहित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई सिफारिस गरेको हो ।
अन्तरलिङ्गी व्यक्तिले पहिचानअनुसार बाँच्न पाउनुपर्ने
अन्तरलिङ्गी व्यक्तिहरुले आफ्नो पहिचानअनुसार नै बाँच्न पाउने हकलाई मानवअधिकारको हक हो भन्दै अनुमति नलिई लिङ्ग परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य गर्न माग गरेका छन् ।
बर्दियामा सबैभन्दा बढी बेरुजु मधुवनमा
बर्दियाका आठ वटा पालिकाहरूमध्ये सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकामा देखिएको छ ।
भ्यान दुर्घटनामा दुई जना घाइते
कर्णाली राजमार्ग अन्तर्गत नाग्मदेखि जुम्लाबजार आउँदैगरेको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते हुनुभएको छ । तिला गाउँपालिकाको गाडगुडेनिनजिक क १ ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा वर्ष २० का चालक दिनेश नेपाली र हिमा गाउँपालिका –६ पाथरखोलाका वर्ष ५५ का धनराज अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिनुभयो ।
बागमती प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट हुने
बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जेठ ४ गते हेटौँडामा बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने भएको छ ।
स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा एक अर्ब ७० करोडभन्दा बढी बेरुजु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका निकायमा एक अर्ब ७० करोडभन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखापरीक्षणको ६२ औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रकम बेरुजु देखाएको हो ।
मक्कामा हज गर्न जाने हजयात्रीलाई रोग प्रतिरोधात्मक खोप प्रदान
सउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ । बिहीबार काठमाडौँस्थित पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरुलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो ।
बीमा विपद्को साथी हो : मुख्यमन्त्री कँडेल
कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको बताउनुभएको छ । बिहीबार सुर्खेतको बीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले बीमा कम्पनीले जनताको विश्वास जितेर विपद्को समयमा साथीको भूमिका खेल्नुपर्ने मुख्यमन्त्री कँडेलले चर्चा गर्नुभयो ।
मन्त्रिपरिषद् बैठकका ३० निर्णय : दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति (सूचीसहित)
सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ । त्यस्तै, ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
तनहुँको स्थानीय तहको ३१ करोड बेरुजु
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ मा झण्डै ३१ करोड रुपियाँ बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ ।
दजाकोटमा सुरुभयो फाइवर झोला उत्पादन
मुसिकोट नगरपालिकामा फाइवर झोला बनाउन सुरु गरिएको छ । प्लाष्टिक बिस्थापनसहित ग्रामीण स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाले साझेदारीमा फाइवर झोला निर्माणको काम थालेको हो ।
‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कैदीबन्दीका लागि सिलाइकटाई तालिम
जुम्ला करागारका कैदीबन्दीका लागि सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीका लागि एक महिने सिलाइकटाई तालिम सञ्चालन गरिएको हो ।
रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जान सक्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उहाँ अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्यक्ष रूस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताउनुभएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको बताएको छ ।
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताउनुभएको छ ।
दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौँः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताउनुभएको हो ।
किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
नयाँबस्ती ‘सी’ डिभिजनमा घटुवा
नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘सी’ डिभिजनमा घटुवा भएको छ ।
मृत भेटिएका अरविन्दको हत्या भएको परिवारको दाबी
उखु खेतमा मृत भेटिएका सर्लाहीको किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको हत्या भएको परिवारले दाबी गरेको छ । चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २६ वर्षीय अरविन्द ईश्वरपुर नगरपालिका ८ स्थित उखु खेतमा मङ्गलबार मृत भेटिनुुभएको थियो ।
स्याङबोचे–चराङ सडकखण्डबाट देखिएको पर्वतीय दृश्य
मुस्ताङको जोमसोमबाट उपल्लो मुस्ताङ्ग जाने क्रममा स्याङबोचे–चराङ सडकखण्डबाट देखिएको पर्वतीय दृश्य ।