मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण : ५४ जनाको मृत्यु
दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ ।
सुनसरीबाट एक सय ८० जना हज यात्रामा जाने
इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि सुनसरीबाट एक सय ८० जना धार्मिक श्रद्धालु साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् ।
रुबियो र अन्य शीर्ष नाटो कूटनीतिज्ञ सम्भावित युक्रेन–रूस वार्ताअघि टर्कीमा भेट गर्दै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उहाँका नाटो समकक्षीहरू बिहीबार टर्कीमा भेट गर्दै हुनुहुन्छ । रुबियोले आगामी महिना हुने गठबन्धन नेताहरूको महत्त्वपूर्ण शिखर सम्मेलनको तयारी गर्नुहुनेछ जसले अमेरिका अन्यत्र चुनौतीहरूमा केन्द्रित भइरहेको बेला भविष्यको युरोपेली सुरक्षाको दिशा तय गर्नेछ ।
ताप्लेजुङका स्थानीय तह याक प्रवर्धनमा जुट्दै
दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् ।
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अनिश्चितकालका लागि बन्द
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीदेखि दोभानसम्म अनिश्चितकालका लागि सडक बन्द हुने भएको छ ।
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्त्व उच्च रहेको बताउनुभयो ।
बाँकेका आठ पालिकामध्ये खजुरा गाउँपालिकाको कम बेरुजु
बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ ।
धार्चे गाउँपालिका पूर्ण खोप पालिका घोषणा
उत्तरी गोरखाको धार्चे गाउँपालिका पुर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँ पालिका घोषणा भएको छ ।
‘अब जनताको अवस्था परिवर्तनका निम्ति जागरुक हुनुपर्छ’ : बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभाका सदस्य शक्तिबहादुर बस्नेतले जनताको अवस्था परिवर्तनका लागि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गर्नुभएको छ ।
‘गभर्नरमा ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।
नियमन नहुँदा ‘ओभर लोड’ले निरन्तर पुलमा क्षति
नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–६ चोरमारस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि यात्रुले निक्कै सास्ती भाेग्न पर्यो ।
ट्रम्पले कतारमा अमेरिकी सैनिकको भ्रमण गर्ने
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नुहुने छ । त्यहाँ उहाँले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको ‘हस्तक्षेपवादी’ अस्वीकार गर्नुभएको छ ।
भरुवा बन्दुक बोकेर जङ्गल गएका युवकको मृत्यु
पाँचथरमा भरुवा बन्दुक बोकेर छिमेकीसँग जङ्गल गएका एक युवकको मृत्यु भएको छ ।
पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भरतपुरमा पार्क तथा खुला चिडियाखाना बनाइने
भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।
सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार
सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस
राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेस गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजकसमेत रहनुभएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाउनुभएको हो ।
रुरुक्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्न भजन प्रतियोगिता
रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि भजन प्रतियोयागिता आयोजना गरिएको छ ।
लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु
लमजुङका आठ वटा स्थानीय तहमा मर्स्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को हिसाबको महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मर्स्याङ्दी गाउँपालिकाको बेरुजु शून्य दशमलव ६३ प्रतिशत मात्र देखिएको छ ।
पालिकाद्वारा आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सञ्चालन
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलो पटक पालिकाद्वारा सञ्चालित सुनवल आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।
प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।