शान्तिका लागि प्याकुरेलको साइकल यात्रा
शान्तिका लागि देशभर साइकल तथा पैदल यात्रा गरिरहनु भएका रतुवामाई नगरपालिका –८ दाम्राभिट्टा मोरङका ७२ वर्षिय रामभक्त कौडिण्य प्याकुरेल दैलेख सदरमुकाम आइपुग्नुुभएको छ ।
डिजिटल मधेश बनाउन अनेकन समस्या छन् : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सूचना प्रविधिको युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कोतर्फ सेवा प्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभियानमा चुनौती थपेको बताउनुभएको छ।
शौचालयमा शिशु मृत भेटिएपछि छात्रा पक्राउ
शौचालयमा जन्माएको शिशु मृत भेटिएपछि पाँचथरको फिदिममा प्रहरीले कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई पक्राउ गरेको छ ।
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने भएको छ । बुधबार आयोजित कार्यक्रममा नेपालको अग्रणी पशु औषधी उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएन पी कोरियाबिच नेपालमा पशु औषधी उत्पादनका लागि प्राविधिक सम्झौता भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयुखोलादेखि यार्सासम्म सडक मर्मत
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ । पर्यटकियको रोजाइमा परेको गणेश हिमाल र कालोपोखरी पुग्ने सडक बर्खा सुरु भएसँगै धार्चे गाउँपालिका – ६ काशीगाउँ र वडा नम्बर २ केरौजा जोड्ने सडक गाउँपालिकाले मर्मत गर्ने कार्य सम्पन्न गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
बालकमाथि यौन हिंसा
हालसालै ल्यान्सेन्ट पब्लिकेशनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १८.९%, पुरुष १४.८ % विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९% पुरुषहरु र ६७.३% महिलाहरुले १८ वर्ष पुग्नु अगावै यौन हिंसा भोग्ने गरेको पाइएको छ ।
ब्वाइज युनियनलाई सफलता
एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा ब्वाइजले श्री कुमारीलाई ५–३ गोलले हरायो ।
वञ्जर जग्गामा बोरिङ सिँचाइ
पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ स्थित हर्दामा वञ्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुशीयाली छाएको छ।
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब
सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको हो ।
व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताउनुभएको छ ।
उपाधि भया एफसी पोखराको पोल्टामा
भया एफसी पोखराले अर्जुनचौपारी गाउँपालिका–१ खेलमैदानमा आयोजित प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि जितेको छ ।
मिसन–२०२६ : खेलाडीलाई ‘एक्सक्युज’ छैन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन एसियाड–२०२६ को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आगामी एसियाडमा दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने लक्ष्यमा साथ दृढ भएर लाग्न अनुरोध गर्नुभएको छ ।
गाई काटेको अभियोगमा एक पक्राउ
ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो ।
'के घर के डेरा : घर नं २' को अग्रिम बुकिङ खुला
‘के घर के डेरा : घर नं २’को अग्रिम टिकट बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
सीमा क्षेत्रबाट हुने तस्करी ३० दिनभित्र रोक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले खुला सीमाबाट हुने चोरी तस्करी ३० दिनभित्र नियन्त्रण गर्न गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन, मोरङले बुधबार अपराह्न विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सरकारले अवैध आयात निर्यात र तस्करी रोक्नका लागि निरन्तर काम गरिरहेको भएपनि अझै नियन्त्रण गर्न आवश्यक देखिएको बताउनुभएको हो ।
विद्यालयबाट चोरी भएका आठ वटा ल्यापटप १६ महिनापछि जंगलमा भेटिए
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयको हराएको आठ वटा ल्यापटप कम्प्युटर बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा फेला परेको छ।
‘परिवार नियोजनाका सामग्री केही महिनालाई पुग्ने मौज्दात छ’
स्वास्थ्य सेवा विभाग राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रमका लागि आवश्यक पर्ने सामग्री अभाव हुन नदिन गम्भीर भएर लागेको छ ।
मालिकाका ५६ दरबन्दी खारेज
जेठ १ गतेबाट हट्ने भएपछि वैशाख ३१ गते कार्यालयमा आउनुभएका मालिका गाउँपालिका–३ का ४४ वर्षीय वीरबहादुर विश्वकर्माको मुहारमा खुसी थिएन्।
संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश
पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।
साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार
भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० गोलले पराजित भयो ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण
नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ ।