स्याङबोचे–चराङ सडकखण्डबाट देखिएको पर्वतीय दृश्य
मुस्ताङको जोमसोमबाट उपल्लो मुस्ताङ्ग जाने क्रममा स्याङबोचे–चराङ सडकखण्डबाट देखिएको पर्वतीय दृश्य ।
कानुन अनुसारको काम गर्न प्रहरी महानिरीक्षक थापाको निर्देशन
प्रहरी महानिरीक्षक दीपक थापाले कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। बिहीबार नवनिर्मित भवनको उद्घाटन गर्न धनकुटामा आइपुग्नु भएका प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिनुभएको हो।
तस्बिर प्रदर्शनीमा गोरखाको उत्तरी भेग बारपाक
विसं. २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको गोरखाको उत्तरी भेग बारपाकको फोटो प्रदर्शनी आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा उक्त प्रदर्शनी बिहीबारबाट सुरु भएको छ ।
महिला टी–२० विश्वकप छनोट : बहराइनमाथि नेपालको जित
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई डकबर्थ लुइस (डिएलएस) का आधारमा ६ विकेटले हरायो ।
कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द
सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ । उक्त सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।
साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन : ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अहिलेको सरकारले जनतामा आशा जगायो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्व र अन्य दलको सहयोगमा बनेको सरकारले नेपाली जनतामा आशा जगाएको बताउनुभयो ।
बन्दीपुर अस्पताल एक वर्षपछि भिडियो एक्सरे सेवा पुनः सूचारु
तनहुँको पुरानो सदरमुकाम बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा एक वर्ष अघिदेखि बन्द भएको भिडियो एक्सरे सेवा पुनः सुरु भएको छ । रेडियोलोजिस्टले पारिश्रामिकको भुक्तानी नपाएर सेवा रोकिएको थियो ।
महङ्गो उपचार : नसर्ने रोगको मारमा गरिब परिवार
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका राजु दर्जीले तीन वर्ष आमाको उपचार गर्दा २० लाख सक्नुभयो । आमा ६५ वर्षीया आशादेवी दर्जी मिर्गौला, क्यान्सर र पायल्सले पीडित हुनुहुन्छ । उहाँको दुई वर्ष बुटवल र अहिले तम्घासमा हप्तामा तीन दिन डाइलासिस भइरहेको छ ।
बचतकर्ताको रकम फिर्ता गर्न सहकारीको आलटाल
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, गोदारमा रहेको सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको रकम फिर्ता गर्न आलटाल गरेको आरोप लाइएको छ ।
ओखलढुङ्गा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
बैतडीका पालिकामा २३ करोड बेरुजु
बैतडीका १० वटै स्थानीय तहमा २३ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २३ करोड ४३ लाख ७० हजार बेरुजु देखिएको हो ।
कानुनी सहायता समितिको कार्यालय स्थापना
ताप्लेजुङमा कानुनी सहयोगको पहुँचमा आउन नसकेका नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित जिल्ला कानुनी सहायता समितिको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको भूमि समस्या समाधान आयोगको कार्यालयसँगै कानुनी सहायता समितिको कार्यालय स्थापना गरिएको हो ।
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।
दस वर्षलाई लगानी दशक घोषणा गरौँ, झन्झट हटाऔँ
निजी क्षेत्रले आगामी १० वर्षलाई लगानी दशक घोषणा गर्नेदेखि नागरिकले भोग्दै आएका झन्झटहरु हटाउन माग गरेको छ ।
सगरमाथा संवाद : स्थानीय जलवायु समस्या, अन्तर्राष्ट्रियकरण गर्ने अवसर
जलवायु परिवर्तनको असरबाट प्रभावित मुलुकमध्ये नेपाल पनि एक हो । नेपालले सगरमाथा संवादमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्ने कूटनीतिक प्रयासको थालनी गर्दै यही जेठ २ देखि ४ गतेसम्म गते काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्दैछ ।
नगरपालिकामा गणित तथा विज्ञान प्रयोगशाला स्थापना
नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिकाले गणित तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ । मध्यविन्दु नगरपालिकाको पुरानो भवनको माथिल्लो तलामा पालिका आफैँले गणित तथा विज्ञान प्रयोगशाला स्थापना गरेको हो ।
‘निर्माणाधीन संसद भवन समयमै सम्पन्न गर्ने कुरालाई ठेकेदारले हल्कामा लिए’
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको बताउनुभएको छ ।
कुकुरका लागि आश्रय स्थल
कैलालीको धनगढीमा सडक कुकुर राख्नका लागि आश्रय स्थल सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र शाहीले आफ्नो वडामा सडक कुकुरका लागि आश्रय स्थल सञ्चालमा ल्याउनुभएको हो ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
प्रतिनिधिसभा बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गर्नुभएको छ ।
पर्यटक लोभ्याउँदै रुप्से झरना
म्याग्दीको रुप्से झरना पर्यटकीय गन्तव्य बनेको छ । अन्नपूर्ण गाउ“पालिका–३ दानामा रहेको झरना अवलोकनका लागि देश विदेशबाट पर्यटकहरू दैनिक सयौंको सङ्ख्यामा झर्नाको अवलोकनका लागि पुग्ने गरेका छन् ।
स्पष्ट ढुवानीमैत्री नीति आवश्यकः सांसद नेम्वाङ
नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बागलुङका दस पालिकाको बेरुजु २५ करोड ७२ लाख बढी
बागलुङ जिल्लाका दस स्थानीय तहमा आर्थिक वर्ष २०८०-०८१ मा २५ करोड ७२ लाख रुपियाँ बढी बेरुजु देखिएको छ ।
माहुरीपालनबाट आयआर्जन गर्दै सामुदायिक विद्यालय
बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्दै आएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयले माहुरीपालनसमेत गर्दै राम्रो आम्दानी गर्दै आएको हो ।