काठमाडौँ, जेठ १ गते । नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कर बिमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गर्नुभयो । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि भएको उल्लेख गर्नुभयो ।
सांसद नेम्वाङले राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड भएको बताउनुभयो ।
सांसद नेम्वाङले भन्नुभयो, ‘‘राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधी, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पुर्याउने काम यिनै व्यवसायीहरूले गरेका हुन् ।’’
सांसद नेम्वाङले ढुवानी तथा यातायात सेवा अहिले कानुनी अष्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बिमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरूले ग्रस्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘तर यति महत्त्वपूर्ण क्षेत्र अहिले कानुनी अस्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बिमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरूले ग्रस्त छ । स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ । कर बिमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी छ । यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो ।’’