गहुँ चुट्ने ग्राब्री हराउँदै
बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ ।
गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
सिटामोल र जीवनजल खरिदका लागि स्वास्थ्य विभागद्वारा औषधी लिमिटेडलाई पत्राचार
नेपाल औषधी लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँगको छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको छ ।
घाटु नाच जोगाउँदै मगर समुदाय (फोटो फिचर)
७३ वर्षीय पार्वती ठाडाले गीत सुरु गर्नु भएसँगै साथमा रहनु भएका ज्येष्ठ महिला तथा अन्य महिलाले एउटै लयमा गइरहेका छन् । नौ जना कन्या किशोरी लहरै समान हाउभाउमा नाचिरहेका छन् ।
कुमाल भाषा सम्बन्धी प्रशिक्षण हुने
कुमाल समुदायले बोल्ने कुमाल भाषा लोप हुने अवस्थामा पुगेको छ । कुमाल परिवारमै भाषाको प्रयोग नगर्नाले पनि यो भाषा हाल लोप हुने अवस्थामा पुगेको हो ।
उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन
उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ ।
मयुँ खोलाको पुल मर्मत गरिँदै
इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ ।
अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैंकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ ।
आयु खोलादेखि यार्सासम्म सडक मर्मत
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ ।
मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश
उच्च अदालत तुलसीपुर नेपालगन्जले मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मुक्त कमैयाहरूले आफूले मुक्त कमैयाको हैसियतमा सरकारबाट प्राप्त गरेको जग्गाको पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै गत वैशाख २८ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज रिट दर्ता गरेका थिए ।
२६२ बालबालिकालाई मध्यम कुपोषण
घोराहीमा ६ महिनादेखि ५ वर्ष सम्मका २६२ जना बालबालिकालाई मध्यम कुपोषण देखापरेको छ । घोराही उपमहानगरकाका सबै वडामा ११ हजार १ सय ५९ जना बालबालिकाको पोषण जाँच गर्दा २६२ जनालाई मध्य शिघ्र कुपोषण र ५ जना कडा शिघ्र कुपोण भेटिएको बेस नेपालका पोषणमार्फत जीवन रुपान्तरण परियोजनाका संयोजक सुरेश चौधरीले जानकारी दिनुभयो ।
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत
उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनुभएको छ ।
अरिङगालको टोकाइबाट आठ घाइते
हेटौँडा उपमहानगरपालिका–११ सहिद स्मारकमा अरिङगालको टोकाइबाट आठ जना घाइते भएका छन् । मङ्गलबार बिहान कुल पूजाका लागि घरनजिक रहेको स्मारक जङ्गलमा (सहिद स्मारक पार्कभन्दा बाहिर) आगो बाल्ने क्रममा अरिङ्गालले टोक्दा उहाँहरु घाइते हुनुभएको हो ।
फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन
राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको छ ।
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
समुदाय तथा विद्यार्थीको स्वास्थ्य प्रवर्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
मरेको खसीको मासु बिक्री गर्ने पक्राउ
मरेको खसी काटी बेचविखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङमा थपियो पाँच झोलुङ्गे पुल
झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टिल ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका चार हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ ।
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बतानुभएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलु खेती
मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।