बेलायतको श्रम बजारमा मन्दी : तलब वृद्धिमा गिरावट
बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ ।
मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइने
नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने भएको छ ।
१९ बुँदे घोषणापत्र जारी : प्रेस स्वतन्त्रताको रक्षा प्राथमिकतामा
नेपाल प्रेस युनियनको आयोजनामा भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ तीन मुख्य विषय लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटमा केन्द्रित भई १९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सहकारीले बारीबाटै कृषि उत्पादन किन्दा कृषक खुसी
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा रहेको एक सहकारी संस्थाले स्थानीय उत्पादनको बजारीकरणको जिम्मा लिएपछि किसानले उपयुक्त मुल्य पाउन थालेका छन् ।
त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजी कार्य शुरु
त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख
संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुखले मङ्गलबार संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरिएका गैर–नागरिकहरूको ठूलो सङ्ख्यामा, विशेष गरी एल साल्भाडोरको मेगा–जेलमा पठाइएका सयौँ व्यक्तिका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
रारा गोल्डकपमा एलएक्स सिटी विजयी
एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नइका तीन कृतिको लोकार्पण
वानीरा फाउन्डेसनले मङ्गलबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।
गाउँदेखि शहरसम्म संकलन र विक्रीवितरण
पहाडी जिल्लाको समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । सत्यवति गाउँपालिकाले पर्यटनको क्षेत्रमा पुर्वाधार निर्माण गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन र बजारीकरणमा उदाहरणीय काम गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ ।
काठमाडौँ जोड्ने कुलेखानी–हुमाने सडक १९ दिन बन्द हुने
हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ ।
प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा बढुवा
प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।
उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मङ्गलबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायतका विषयमा संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना
नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् ।
दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । मङ्गलबार नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो ।
अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनमा कञ्चनरुप नगरपालिकामा दुई वटा र हनुमाननगर कंकालिनी नगरपालिकामा छ वटा गरी आठ विद्यालय अनुमति बिना सञ्चालनमा रहेको पाइएको हो ।
प्रतिफल प्राप्त हुने क्षेत्रमा सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्छ : सांसद चौधरी
प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताउनु भएको छ ।
बन्दीपुरमा पर्यटकको भीड
गर्मी छल्न तनहुँस्थित बन्दीपुरमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तराई तथा होचो स्थानमा उखरमौलो गर्मी बढीरहेको बेला बन्दीपुर चिसो हावा चल्ने र गर्मी नहुने भएकाले गर्मी छल्ने पर्यटकको रोजाईमा बन्दीपुर परेको हो ।
कोहलपुर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि कोहलपुर नगरपालिकालाई मङ्गलबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
बालसुधार गृहबाट भागे पाँच वर्षमा १० बालक
बाल सुधारगृहमा राखिएका बालबिज्याइँकर्ताहरु सुधारगृहबाट भाग्नथालेपछि विराटनगरको बालसुधार गृहको सुरक्षाप्रति प्रश्न उठ्न थालेको छ ।
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अन्तर वडा बुद्धिचाल जेठमा
काठमाडौँ महानगरपालिका वडा नं २२ को आयोजनामा सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।