• ३१ वैशाख २०८२, बुधबार

ब्वाइज युनियनलाई सफलता

blog

बल खोस्ने प्रयास गर्दै ब्वाइज र श्री कुमारीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख ३१ गते । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबविरुद्ध सानदार जित निकालेको छ । 

एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा ब्वाइजले श्री कुमारीलाई ५–३ गोलले हरायो । ब्वाइजको जितमा दिव्यविक्रम चौधरीले दुई तथा सुजित बुढाथोकी, विनोद राई र सुसन लामाले एक एक गोल गर्नुभयो ।

श्री कुमारीका पाल्देन तामाङ, अरुण शाह र यमन महर्जनले एक एक गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा उक्लिएको ब्वाइजले ११ खेलबाट १९ अङ्क बनाएको छ । पराजित श्री कुमारी समान खेलबाट १३ अङ्क जोड्दै १०औँ स्थानमा छ ।