• १ जेठ २०८२, बिहिबार

कैदीबन्दीका लागि सिलाइकटाई तालिम

blog

सिलाइकटाई तालिमको उद्घाटन गरिँदै । तस्बिरः नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), जेठ १ गते । जुम्ला करागारका कैदीबन्दीका लागि सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीका लागि एक महिने सिलाइकटाई तालिम सञ्चालन गरिएको हो । 

तालिममा ३० जना कैदीबन्दी सहभागी छन् । कैदीबन्दीको सीप विकास गरी उहाँहरूलाई आत्मनिर्भर बनाउन र रोजगारीसँग जोड्ने उद्देश्य रहेको कारागार प्रशासनले जनाएको छ । तालिमले कैदीबन्दीको क्षमता अभिवृद्धि गर्नुका साथै उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सिलाइकटाई तालिम रत्नकली नेपालीले सञ्चालन गर्नुभएको छ । उहाँले भन्नुभयो, “मैले सिकेको सीप बाँड्ने अवसर पाएकी छु । म आफ्नो तर्फबाट सकेसम्म राम्रोसँग सिकाउने प्रयास गर्ने छु ।