चाँदनी आचार्य
कैलाली, जेठ २ गते । कैलालीको घोडाघोडीमा शुक्रबार बिहान चलेको हावाहुरीका कारण रुख ढल्दा एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे चलेको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख ढल्दा घोडाघोेडी नगरपालिका– १ सुन्दर टोल बस्ने कर्णबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय कलेज सुखडका पूर्व क्याम्पस प्रमुख ५२ वर्षीय भण्डारीको टाउकोमा गम्भीर चोट लागि घाइते भएपछि तत्काल उपचारका लागि स्थानीय घोडाघोडी अस्पताल लगिएको थियो ।
थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक रमेशदत्त अवस्थिले जानकारी दिनुभयो ।