चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित खैरो हिरोइन, ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआइ नामक लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने एक भारतीय नागरिक छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–६ पाथीभरा चोकका छन् । यस्तै, फुङ्लिङ नगरपालिका–९ हाङ्देवा घर भई हाल वडा ६ बस्ने २६ वर्षीय सुजन तामाङ र भारतको पश्चिम बङ्गालस्थित उत्तर जोते रामधान दार्जिलिङ बस्ने २३ वर्षीय निपेन वर्मन पक्राउ परेका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी लेखिएको ११६ पिस, डाइसाइक्लोमिन एचसिएल ट्याब्लेट ५९ पिस र ८.९० ग्राम खैरोहिरोइनसहित उनीहरू पक्राउ परेका हुन् । लागु औषधको कारोबार, बेचबिखन र ओसारपसार हुन्छ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ तथा प्रचलित कानुनबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।